लमजुङ कारागारबाट फरार बन्दी पक्राउ <p>लमजुङ। बेँसीशहर नगरपालिका-८ स्थित जिल्ला कारागारबाट हिजो, ३ असारमा फरार भएका चौकीदार लोकबहादुर भनिने २७ वर्षीय दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p>आज बिहान बेँसीशहर-२ स्थित मर्स्याङदी नदी किनारमा लुकेर बसेको अवस्थामा परियारलाई फेला पारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए। &nbsp;</p> <p>परियार राइनास नगरपालिका-१० कोकेगाउँ घर भई २२ पुस २०६९ देखि कर्तव्य ज्यान मुद्दामा कारागार सजाय भोग्दै आएका थिए।&nbsp;</p> <p>लमजुङ जिल्ला अदालतले परियारलाई २० वर्षको सजाय तोकेको थियो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्