काठमाडौं। टोखा नगरपालिकाले चीनको नाग्छु नगरपालिकाले सहयोग गरेको कोभिड-१९ रोकथाम र नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री सबै वडामा वितरण गरेको छ।
टोखाका नगरप्रमुख प्रकाश अधिकारीले चीनबाट प्राप्त भएको ती सामग्री टोखाका ११ वटै वडामा वितरण गरिएको जानकारी दिए।
चीनको नाग्छु नगरपालिकाले टोखा नगरपालिकालाई विभिन्न किसिमका मास्क ३० हजार थान, थर्मल गन ३०० थान, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) तीन हजार थान, मेडिकल आइसोलेसन चश्मा तीन हजार थान, पञ्जा पाँच हजार थान, मेडिकल जुत्ता तीन हजार थान र स्यानिटाइजर सहयोग गरेको छ।
ती सामग्रीको मूल्य एक करोड ८६ लाख रकम बराबर रहेको छ। टोखा नगरपालिकामा आगामी आर्थिक वर्षमा २ शय्याको आइसोलेसन समेत निर्माणको प्रक्रिया थालेको छ। रासस
" /> काठमाडौं। टोखा नगरपालिकाले चीनको नाग्छु नगरपालिकाले सहयोग गरेको कोभिड-१९ रोकथाम र नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री सबै वडामा वितरण गरेको छ।टोखाका नगरप्रमुख प्रकाश अधिकारीले चीनबाट प्राप्त भएको ती सामग्री टोखाका ११ वटै वडामा वितरण गरिएको जानकारी दिए।

">