उनीहरूको दुःख देखेर केही युवा स्वतःस्फूर्त रूपमा खाना र पानीको व्यवस्थापनमा जुटे। सीमानजिकको नवदुर्गा माविमा उनीहरूलाई राख्ने गरिएको छ। त्यहाँबाट आ-आफ्ना पालिकामा पठाउने गरिन्छ। र, उक्त विद्यालयमा राखिएका नेपालीलाई खाना र पानीको व्यवस्थापनमा जेठ पहिलो सातादेखि जुटेका छन्, धनगढीका युवा।
७ जेठपछि सीमामा नेपालीको थामिनसक्नु भीड बढ्यो। उनीहरू भोकै, तिर्खै थिए। सोही राति कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, रोटरी क्लब धनगढीका पूर्वअध्यक्ष दीर्घराज उपाध्याय र सदस्य मानसिंह सावद लगायतले तीन सयजनाका लागि खानाको व्यवस्थापन गरे। तर, त्यसले पनि पुग्ने अवस्था थिएन।
उनीहरूले भौतिक दूरी बनाउँदै खाना बाँडिरहेका छन्। भारतबाट फर्केका सुदूरपश्चिमवासी भोकै बस्न बाध्य भएको सुनेपछि अभियान शुरु गरिएको समूहका संयोजक शाही बताउँछन्।
धनगढीका डिपार्टमेन्टल स्टोरहरू राति पनि खोलेर चाउचाउ, चिउरा र बिस्कुट पुर्याइयो। भोलिपल्ट बिहानैदेखि रोटरी क्लब, धनगढीका डोनर सदस्य तथा व्यवसायी श्याम तायलको नेतृत्वमा खाना-पानी अभियान शुरु गरियो। लकडाउनले समस्यामा परेका गर्भवती र सुत्केरीलाई पोषिलो खाना खुवाउने अभियानमा धनगढीका युवा खटिइरहेका छन्, अझै।
रोयल कोलाबोरेटिभ्स प्रालिका अध्यक्ष गजेन्द्र शाहीको नेतृत्वमा देवेन्द्र जोशी, इन्द्र विनाडी, दिनेश शाह र रचित शाह सक्रिय छन्, यस अभियानमा। इच्छुक व्यक्तिबाट उनीहरूले नगद नभई दैनिक उपभोग्य सामग्री लिने गरेका छन्। उनीहरूले खाना र पानी मात्र होइन, यहाँ आइपुगेका नेपालीलाई गाउँमा रहेका परिवारसँग पनि सम्पर्क गराइरहेका छन्।

त्रिनगर नाकासँगै जोडिएको कञ्चनपुरको डोकबजारमा पनि उनीहरू भारतबाट आएका नेपालीलाई खाना र पानी वितरणमा सक्रिय छन्। उनीहरूले भौतिक दूरी बनाउँदै खाना बाँडिरहेका छन्। भारतबाट फर्केका सुदूरपश्चिमवासी भोकै बस्न बाध्य भएको सुनेपछि अभियान शुरु गरिएको समूहका संयोजक शाही बताउँछन्।
उनीहरूले खाना तथा पानी वितरण गर्न थालेको २८ दिन बित्यो। शाहीका अनुसार हालसम्म करिब ५५ हजार प्लेट खाना वितरण गरिएको छ। आफैं पकाएर खाना खुवाउँदा प्रतिप्लेट २२ देखि २५ रुपैयाँ मात्र खर्च हुने गरेको उनी बताउँछन्।
उनीहरू घर नगएको महिनादिन पुग्न लाग्यो। किनकि, उनीहरू राति सेल्फ क्वारेन्टाइनमा बस्छन्। परिवारका सदस्यलाई जोखिममा पर्न नदिन सेल्फ क्वारेन्टाइन रोजिएको शाही बताउँछन्।
" />उनीहरूको दुःख देखेर केही युवा स्वतःस्फूर्त रूपमा खाना र पानीको व्यवस्थापनमा जुटे। सीमानजिकको नवदुर्गा माविमा उनीहरूलाई राख्ने गरिएको छ। त्यहाँबाट आ-आफ्ना पालिकामा पठाउने गरिन्छ। र, उक्त विद्यालयमा राखिएका नेपालीलाई खाना र पानीको व्यवस्थापनमा जेठ पहिलो सातादेखि जुटेका छन्, धनगढीका युवा।

">