चितवन। पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ।
हिजो, ३ असार बिहान सवा ४ बजे खसेको पहिरो गएराति १० बजे पन्छाएर सडक नियमित गरिएको हो।
नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो।
दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको खनालले जानकारी दिए।
शुरूआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा समय लागेको उनले बताए।
पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए।
सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागेका छन्। सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्‍चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। रासस
" /> चितवन। पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ।
हिजो, ३ असार बिहान सवा ४ बजे खसेको पहिरो गएराति १० बजे पन्छाएर सडक नियमित गरिएको हो।
नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो।
दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको खनालले जानकारी दिए।
शुरूआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा समय लागेको उनले बताए।
पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए।
सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागेका छन्। सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्‍चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। रासस
"> पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक १८ घण्टापछि खुल्यो: Dekhapadhi
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक १८ घण्टापछि खुल्यो
चितवन। पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ।
हिजो, ३ असार बिहान सवा ४ बजे खसेको पहिरो गएराति १० बजे पन्छाएर सडक नियमित गरिएको हो।
नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो।
दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको खनालले जानकारी दिए।
शुरूआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा समय लागेको उनले बताए।
पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए।
प्रतिक्रिया दिनुहोस्