कोपा इटालियाको उपाधि नेपोलीलाई
काठमाडौं। युभेन्टसलाई पेटाल्टी सुटआउटमा ४-२ ले हराउँदै नेपोलीले कोपा इटालियाको उपाधि जितेको छ। नेपोलीले ठूलो प्रतियोगिताको उपाधि जितेको सन् २०१४ पछि यो पहिलो हो।
टाइब्रेकरमा अर्काडिउज मिलिकले गरेको गोल नेपोलीका लागि निर्णायक बनेको थियो। त्यसअघि युभेन्टसका पाउलो डिबालाले हानेको प्रहार नेपोलीका रक्षक एलेक्स मेरिटले बचाइदिएका थिए। युभेन्टसबाट दोस्रो पेनाल्टी प्रहार गरेका ड्यानिलोको प्रहार पनि आकासिएको थियो। युभेन्टसका लियोनार्डो बेनसी र एरोन राम्सेले मात्र गोल गरे।
यससँगै नेपोलीका प्रशिक्षक गेनारो गटुसोले प्रशिक्षकका रूपमा पहिलो उपाधि उचाले। गटुसोले गत डिसेम्बरमा कार्लो एन्सेलोट्टीको स्थान लिएका थिए।
नेपोलीले सेमिफाइनलमा इन्टर मिलानलाई समग्रमा २-१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो भने युभेन्टसले एसी मिलानलाई अवे गोलका आधरमा पछि पार्दै उपाधि भिडन्त पक्का गरेको थियो। युभेन्टस इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा छ। युभेन्टस ६३ अंकसहित शीर्ष स्थानमा रहँदा नेपोली ३९ अंकका साथ छैटौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्