भक्तपुरका प्रहरी जवानमा संक्रमण पुष्टि, सञ्‍चारकक्ष सिल गरेर त्यहाँ कार्यरतलाई क्‍वारेन्टाइनमा राखियो <p>काठमाडौं। महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी सञ्&zwj;चार कक्षमा कार्यरत एकजना प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।</p> <p>परिसर प्रमुख एसपी सविन प्रधानले सञ्&zwj;चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानमा संक्रमण पुष्टि भएको जानकारी दिए। ट्राभल हिस्ट्री नभएको ती प्रहरी जवानमा कसरी संक्रमण भयो भन्&zwj;ने खुल्न सकेको छैन। परिसरको सञ्&zwj;चार कक्ष सिल गरेर त्यहाँ कार्यरत अन्य १२ जना प्रहरीलाई कार्यालयकै क्&zwj;वारेन्टाइनमा राखिएको छ।</p> <p>&ldquo;उहाँहरू भित्रै क्&zwj;वारेन्टाइनमा बसेर सुरक्षित रूपमा सञ्&zwj;चारको काम गरिरहनुभएको छ,&rdquo; एसपी प्रधानले भने, &ldquo;नमुना परीक्षण गर्ने तयारी भइरहेको छ। अन्य प्रहरीलाई उच्च सावधानीमा राखिएको छ।&rdquo;</p> <p>संक्रमित प्रहरीको स्वास्थ्य सामान्य रहेको र हाल ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। संक्रमित प्रहरी जवानको घर चाँगुनारायण नगरपालिकामा पर्छ। हिजो भक्तपुरमा अन्य दुईजनालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्