प्रिमियर लिग पुनरागमनमा सिटीको सहज जित
काठमाडौं। डेबिड लुइसले रातो कार्डको सामना गरेपछि १० खेलाडीमा सीमित बनेको आर्सनलमाथि ३-० को नतिजा निकाल्दै म्यानचेस्टर सिटीले प्रिमियर लिगको पुनरागमनमा सुखद शुरूआत गरेको छ।
२४औं मिनेटमा पाब्लो मारीको स्थानमा मैदान प्रवेश गरेका लुइज ४९औं मिनेटमै रातो कार्डको सामना गर्दै बाहिरिएका थिए। सिटीका महारेजलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि रेफ्री एन्थोनी टेलरले लुइजलाई सीधै रातो कार्डको दर्शन गराएका थिए।
त्यही अवसरमा पाएको पेनाल्टी अवसरमा केभिन डी ब्रुयनाले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए। त्यसअघि पहिलो अन्तिम मिनेटमा रहिम स्टर्लिङले गरेको गोलबाट घरेलु टीम सिटीले अग्रता लिएको थियो। महारेजको स्थानमा मैदान छिरेका फिल फोडानले इन्जुरी समयमा अर्को गोल थपेपछि सिटीले ३-० को सहज नतिजा निकालेको थियो।
सिटीलाई रक्षक इरिक गार्सियाको चोटले चिन्तित बनाएको छ। गोलकिपर इडर्सन मोरिससँग ठोक्किँदा गार्सियालाई चोट लागेको थियो। मैदानमा प्राथमिक उपचारपछि उनलाई स्टेचरमा रोखेर मैदान बाहिर ल्याइएको थियो।
जितसँगै सिटी ६० अंकका साथ दोस्रो स्थानमा कायमै छ। जुन शीर्ष क्लब लिभरपुलभन्दा २२ अंकले पछाडि हो भने तेस्रो स्थानको लेस्टर सिटीभन्दा सात अंकले अगाडि हो। आर्सनल भने ४० अंकका साथ नवौं स्थानमा छ। जुन चौथो स्थानको चेल्सी भन्दा ८ अंकले पछाडि हो।
कोभिड-१९ महामारीका कारण १०० दिनपछि फर्किएको इङ्लिस प्रिमियर लिग खाली रंगशालामा खेलाइएको थियो। बेन्चमा बसेका खेलाडीलाई मास्क अनिवार्य नभए पनि उनीहरूले मास्क लगाएका थिए। टेलिभिजन दर्शकका लागि कृत्रिम आवाज प्रयोग गरिएको थियो भने खेलपछिको पत्रकार सम्मेलन जुममार्फत भिडियो कन्फरेन्स गरिएको थियो।
‘‘गार्सियाको चोटले हामीलाई चिन्तित बनाएको छ। उनी होसमै छन्। जुन सुखद पक्ष हो। उनको अन्य परिक्षण हुन बाँकी छ। हामीले पहिलो हाफमै गोल गर्नु पर्ने थियो। त्यसमा सफल भएका थियौं। आजको प्रदर्शनबाट म खुशी छु,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने।
आर्सनलका प्रशिक्षक माइकल अर्टेटाले भने टीमको प्रदर्शनमा निराशा व्यक्त गरे। उनले भने, ‘‘पहिलो मिनेटबाटै हाम्रो खेल बिग्रिएको थियो। डेबिड लुइजलाई आज परिवर्तन गर्नु हुँदैनथ्यो। किनकि, उनका लागि आज कठिन दिन रह्यो। मेसुट ओजिललाई टीममा नराख्नु रणनीतिक कारण थियो।’’
प्रतिक्रिया दिनुहोस्