कोरोनाको एन्टिजेन परीक्षण, जसको रिपोर्ट आउनेछ आधा घण्टामै !

नयाँदिल्ली। भारतका गृहमन्त्री अमित शाहले हालै एक बैठकमा कोरोना भाइरसको परीक्षण व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए। लगत्तै इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले एक यस्तो टेस्टिङ किटलाई प्रयोग अनुमति दिएको, जो सस्तो छ र आधा घण्टामै रिपोर्ट पनि दिन्छ।

उक्त टेस्ट किटको मूल्य चार सय ५० भारतीय रुपैयाँ छ। कोरोना भाइरसको यस नयाँ प्रविधिलाई ‘एन्टिजेन्ट टेस्ट’ नाम दिइएको छ। श्‍वासप्रश्‍वास प्रणालीको माथिल्लो तहमा भाइरसको उपस्थिति यसले देखाउने छ।

बीबीसीका अनुसार त्यसका लागि नाकको भित्री भागबाट नमूना लिने गरिन्छ। जहाँ नमूना लिइन्छ, त्यहीं परीक्षण पनि भइहाल्छ, प्रयोगशालासम्म पुग्‍नै पर्दैन।

एन्टिबडी परीक्षणका लागि रगतको नमूना लिइन्छ। अनि प्रोटिन र एन्जाइमको परीक्षण गरिन्छ। यो किट दक्षिण कोरियाको कम्पनीले विकास गरेको हो।

कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनेका इलाकामा यो किटको प्रयोग गर्ने भारत सरकारको तयारी छ। हटस्पटमा पनि कुनै संक्रमितको सम्पर्कमा आएका व्यक्तिमा भाइरस सर्‍यो कि सरेको छैन भन्‍ने थाहा पाउन प्रयोग गरिनेछ। अत्यधिक जोखिम समूह मानिएका मधुमेह, मुटु र श्‍वासप्रश्‍वासका बिरामीमा पनि यो किटमार्फत परीक्षण गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्