सीएनएनका अनुसार उनी स्थानीय म्यासेन्जर एपमार्फत अर्डर आएका खाना उपभोक्ताका घर-घरमा पुर्याउँछन्। “धेरै एअरलाइन्स कर्मचारी बेतलबी विदामा छन्। हाम्रो ७० प्रतिशतभन्दा बढी आम्दानी कटौती भएको छ,” उनी भन्छन्, “घरको खर्च धान्न मैले शहरमा अर्को उपायको खोजी गरेको हुँ।”
गत मार्चदेखि बैंककमा लकडाउन लागू गरिएको छ। यतिवेला फुड डेलिभरी एपहरू बैंककमा लोकप्रिय छन्। श्रीमती र चार वर्षकी छोरीसहित परिवारको गुजारा चलाउनुपर्ने चुनौतीमा रहेका को-पाइलट इन्टाले पनि तिनै एपबाट आम्दानीको सानो स्रोत जुटाउने जुक्ति निकाले। र, मोटरसाइकलमा खानाका प्याकेट ओसार्न थाले।
“म त्यत्तिकै चुप बस्न सक्ने थिइनँ, परिवारका लागि केही गर्नै पर्ने थियो,” उनी भन्छन्, “मसँग दुई हात थिए र आफ्नै मोटरसाइकल पनि। र, अहिले म फुड डेलिभरी म्यान बनेको छु।”

कमजोर आर्थिक अवस्थाको परिवारका उनले मुस्किलले पाइलट पढ्न पाएका थिए। चार वर्षअघि थाई लायन एयरबाट करिअर पनि शुरु गर्न पाए। तर, कोभिड-१९ को महामारीले आम्दानीको स्रोत बन्द गराइदियो।
पाइलटका रूपमा उनको मासिक आम्दानी मासिक ६ हजारदेखि आठ हजार अमेरिकी डलर थियो। ग्राउन्डेड भएयता फुड डेलिभरी गरेवापत उनको दैनिक आम्दानी करिब ३० डलर हुन्छ। त्यो पनि ठूलै युद्ध जितेसरह भएको छ, उनका लागि।
उनका अनुसार त्यसरी फुड डेलिभरी ब्वाइ बनेका उनी एक्ला पाइलट होइनन्। उनले चिनेकै ५० जना पाइलट उनीजस्तै फुड डेलिभरी गर्छन्। आफ्नो नियमित जागिर शुरु हुनु अघिसम्म उनीहरूका लागि परिवार पाल्ने सानो माध्यम बनेको छ, फुड डेलिभरी।
जबसम्म आन्तरिक पर्यटन पुरानै लयमा फर्किंदैन, उनीहरूको जागिर पनि शुरु हुने छैन। “यतिवेला मैले मेरो करिअरका सबै क्षण मिस गरिरहेको छु,” उनी भन्छन्, “मेरो सहकर्मी, क्याप्टेन, क्याबिन क्रु सबैलाई मिस गरिरहेको छु। हामी एक टीमका रूपमा काम गर्थ्यौं। र, मैले मेरो आकाशको अफिस मिस गरिरहेको छु।”
" />सीएनएनका अनुसार उनी स्थानीय म्यासेन्जर एपमार्फत अर्डर आएका खाना उपभोक्ताका घर-घरमा पुर्याउँछन्। “धेरै एअरलाइन्स कर्मचारी बेतलबी विदामा छन्। हाम्रो ७० प्रतिशतभन्दा बढी आम्दानी कटौती भएको छ,” उनी भन्छन्, “घरको खर्च धान्न मैले शहरमा अर्को उपायको खोजी गरेको हुँ।”

">