काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएसँगै संक्रमितको संख्या सात हजार १७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितको संख्या बढेसँगै कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या पनि बढ्दो छ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म देशैभरबाट एक हजार १६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै ९ जना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार आजसम्म देशैभरका आइसोलेसनमा पाँच हजार ९९० संक्रमितको उपचार भइरहेको छ ।
देशैभर हालसम्म पीसीआर विधिबाट एक लाख ४९ हजार ७७२ नमूना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३७ पीसीआर विधिबाट नमूना परीक्षण भएका छन्। मन्त्रालयका अनुसार हालसम्म देशैभर आरडीटी किट विधिबाट दुई लाख ३३ हजार ५४३ नमूना परीक्षण गरिएका छन्।
पछिल्लो २४ घण्टामा मात्रै १० हजार २४ नमूना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए। आज देशभर क्वारेन्टाइनमा बस्नेको संख्या एक लाख २५ हजार ७९८ रहेको छ।
पछिल्लो २४ घण्टामा यी जिल्लामा थपिए कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित पुष्टि भएसँगै नेपालमा कूल संक्रमितको संख्या सात हजार १७७ पुगेको हो। हिजो, २ जेठसम्म नेपालमा संक्रमितको संख्या ६ हजार ५९१ थियो। आज पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएपछि सात हजार नाघेको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कोरोना संक्रमित महोत्तरीमा पुष्टि भएका छन्। प्रवक्ता डा. गौतमका अनुसार महोत्तरीमा मात्रै २०० संक्रमित थपिएका छन्।
त्यस्तै, रौतहटमा १२७, प्युठानमा ३८, उदयपुरमा चार , सिराहामा एक, मोरङमा ९, झापामा दुई, धनुषामा २६, बारामा सात, कपिलवस्तुमा १०, रुपन्देहीमा सात, सर्लाहीमा ६, अर्चाखाँचीमा १२, कैलालीमा एक, पर्वतमा तीन, पूर्व नवलपरासीमा १७, गुल्मीमा २६, बाँकेमा एक, बर्दियामा ३१, दाङमा आठ, सल्यानमा २५, सुर्खेतमा दुई, दैलेखमा दुई, कालीकोटमा १४ र कञ्चनपुरमा सातजना नयाँ संक्रमित थपिएका छन्।
कोभिड–१९ संक्रमणबाट निधन हुनेको संख्या २० पुग्यो
स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको जनाएको छ। बाँकेको कोहलपुरस्थित् नेपालगञ्ज मेडिकल कजेल शिक्षण अस्पतालमा मृत्यु भएकी एक महिलामा मृत्युपछि कोभिड–१९ पुष्टि भएसँगै यसबाट निधन हुनेको संख्या २० पुगेको हो।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिलाको १ असार बेलुका आईसीयूमा मृत्यु भएको थियो। उनको मृत्यु हुनुअघि नै थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो। मृत्युपछि हिजो, २ असार बेलुका ती महिलामा कोभिड–१९ पुष्टि भएको थियो।
मृतक महिला फोक्सो, मिर्गौला र प्यारालाइसिस रोगबाट ग्रसित थिइइन्। उनको स्वास्थ्यमा समस्या भएपछि ३० जेठमा उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।
" /> काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएसँगै संक्रमितको संख्या सात हजार १७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितको संख्या बढेसँगै कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या पनि बढ्दो छ।मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म देशैभरबाट एक हजार १६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै ९ जना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार आजसम्म देशैभरका आइसोलेसनमा पाँच हजार ९९० संक्रमितको उपचार भइरहेको छ ।

">