काठमाडौं। थाइल्यान्डस्थित नेपाली दूतावासको पहलमा थाइल्यान्ड, सिंगापुर र कम्बोडियाबाट ३९३ नेपाली आज स्वदेश फर्केका छन्।
बन्दाबन्दीका कारण अप्ठ्यारोमा परेपछि उनीहरूलाई नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सको जहाज चार्टर्ड गरी ल्याइएको हो।
‘नेपाल वायुसेवा निगमको चार्टर्ड उडानबाट बन्दाबन्दीकाे कारण थाइल्याण्डमा अलपत्र पर्नु भएका २४७ जना नेपाली नागरिकहरू आज नेपाल फर्कनु भएकाे छ’, थाइल्यान्डका लागि नेपाली राजदूत गणेश प्रसाद ढकालले जानकारी दिए, 'त्यसैगरी, आजै हिमालय एअरलाइन्ससँगकाे समन्वयमा उक्त एअरलाइन्सकाे चार्टर्ड उडानबाट बन्दाबन्दीकाे कारण सिंगापुरमाअलपत्र पर्नुभएका ११३ जना र कम्बाेडियामा अलपत्र पर्नुभएका ३३ जनासहित जम्मा १४६ जना नेपाली नागरिकहरू स्वदेश फर्कनु भएकाे छ।’
यस कार्यलाई सफल बनाउन सहयाेग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन्।
" /> काठमाडौं। थाइल्यान्डस्थित नेपाली दूतावासको पहलमा थाइल्यान्ड, सिंगापुर र कम्बोडियाबाट ३९३ नेपाली आज स्वदेश फर्केका छन्।बन्दाबन्दीका कारण अप्ठ्यारोमा परेपछि उनीहरूलाई नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सको जहाज चार्टर्ड गरी ल्याइएको हो।

">