काठमाडाैं। बलिउड अभिनेता सुशान्त सिंहको मृत्यु प्रकरणमा आठजनाविरुद्ध मुद्दा दायर गरिएको छ।
मुद्दा परेकामध्ये एकजना निर्देशक सञ्जयलीला भन्सालीले यस विषयमा प्रतिक्रिया जनाएका छन्।
उनको कार्यालयबाट जारी गरिएको प्रतिक्रियामा सुशान्तलाई एक/दुई पटक मात्र नभएर चारपटक आफ्नो चलचित्रमा काम गराउने कोसिस गरिएको उल्लेख गरिएको छ। भन्सालीले सुशान्तसँग आफ्नो एकदमै राम्रो सम्बन्ध रहेको जनाएका छन्।
दुवैजनाले एकअर्काको सम्मान गर्नुका साथै कामप्रति पनि निकै लगाव राख्ने गरेको उनको भनाइ छ।
दुवैजना एकअर्काको नजिक रहँदा चारपटक फिल्ममा काम गर्न अफर गरेको तर, उनको समय नमिल्दा काम गर्न नसकिएको जनाएका छन्।
उनले आफूमाथि लागेको आरोप निराधार रहेको प्रतिक्रिया दिएका छन्। आफूहरू एकदमै मिल्ने साथीसमेत रहेको उनले बताए।
उनको आत्महत्याको कारण भन्दै वकील सुधीर कुमार ओझाले सलमान खानसहित निर्माता तथा निर्देशकहरू करण जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली, आदित्य चोपडा, साजिद नाडियडवाला, भूषण कुमार र निर्देशक दिनेशविरूद्ध फौजदारी मुद्दा दायर गरेका छन्।
अभिनेता सुशान्तले ३२ जेठमा मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए। उनी लामो समयदेखि डिप्रेसनमा थिए।
" /> काठमाडाैं। बलिउड अभिनेता सुशान्त सिंहको मृत्यु प्रकरणमा आठजनाविरुद्ध मुद्दा दायर गरिएको छ।मुद्दा परेकामध्ये एकजना निर्देशक सञ्जयलीला भन्सालीले यस विषयमा प्रतिक्रिया जनाएका छन्।

">