कैलाली। सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक जनाको आज साँझ मृत्यु भएको छ। अस्पताल स्रोतका अनुसार कोरोना संक्रमित गोदावरी नगरपालिका– ४ का ४६ वर्षीय पुरषको आज साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो।अस्पतालका डाक्टर निराजन शर्मा पौडेलले कडा खालको निमोनियासँगै कोरोनाको संक्रमणबाट उनको मृत्यु भएको बताएका छन्।
चिकित्सकका अनुसार उनलाई कोरोनाको लक्षण देखिएको १२ दिनभन्दा बढी भइसकेको थियो। उनी बस मालिक हुन्। भारतबाट आएका नेपालीलाई आफ्नो बसमा राखेर विभिन्न स्थानमा पुर्याउने क्रममा उनमा पनि संक्रमण सरेको पाइएको छ। उनी आफैं पनि बस चलाएर भारतबाट आएका नेपालीलाई सम्बन्धित स्थानमा पुर्याउने गर्थे।
कोरोनाको लक्षण देखिएपछि उनी माया मेट्रो अस्पतालमा भर्ना भएका थिए। त्यहाँ सामान्य उपचारपछि घर गएका उनी स्वास्थ्यस्थिति बिग्रिएपछि नवजीवन अस्पतालमा भर्ना भएका थिए। नवजीवनको आईसीयूमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई ३१ जेठ राति उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो ।
सेती प्रादेशिक अस्पतालकै भेन्टिलेटरमा उपचारका क्रममा उनको आज मृत्यु भएको हो। उनलाई उपचारका लागि काठमा लैजाने तयारी भइरहेको थियो। खराब मौसमका कारण आज नेपाल वायु सेवा निगमको सानो जहाज काठमाडौंबाट धनगढी आउन सकेन। भोलि उनको उद्धार लागि निगमको सानो जहाज धनगढी आउने तय भएको थियो।
योसँगगै सुदूरपश्चिममा कोभिड–१९ बाट मृत्यु हुनेको सङख्या ४ पुगेको छ। यसअघि कैलालीको लम्किचुहा नगरपालिकाले २ कि ४३ वर्षिया महिला, धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिला र बाजुराको बुढीगंगा नगरपालिकाको दुई वर्षीया बालिकको मृत्यु भएको थियो।
" /> कैलाली। सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक जनाको आज साँझ मृत्यु भएको छ। अस्पताल स्रोतका अनुसार कोरोना संक्रमित गोदावरी नगरपालिका– ४ का ४६ वर्षीय पुरषको आज साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो।अस्पतालका डाक्टर निराजन शर्मा पौडेलले कडा खालको निमोनियासँगै कोरोनाको संक्रमणबाट उनको मृत्यु भएको बताएका छन्।चिकित्सकका अनुसार उनलाई कोरोनाको लक्षण देखिएको १२ दिनभन्दा बढी भइसकेको थियो। उनी बस मालिक हुन्। भारतबाट आएका नेपालीलाई आफ्नो बसमा राखेर विभिन्न स्थानमा पुर्याउने क्रममा उनमा पनि संक्रमण सरेको पाइएको छ। उनी आफैं पनि बस चलाएर भारतबाट आएका नेपालीलाई सम्बन्धित स्थानमा पुर्याउने गर्थे।

">