कैलाली। बाँकेमा उपचाररत कैलालीकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
टाउकोमा चोट लागेका कारण उपचार गर्न नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पुगेकी महिलाको हिजो, २ असारमा मृत्यु भएको थियो। उनको मृत्यु पछि परीक्षण गरिएकोमा आज रिपोर्ट पोजिटिभ आएको नेपालगञ्ज मेडिकल कलेजका सहनिर्देशक डाक्टर नितेशकुमार कनौडियाले बताए।
मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले बताए। योसँगै सुदुरपश्चिममा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ।
यसअघि कैलालीको धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिला र बाजुराको बुढीगंगा नगरपालिकाको दुई वर्षीया बालिकको मृत्यु भएको थियो। तीनै जनाको मृत्यु भएपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको हो।
" /> कैलाली। बाँकेमा उपचाररत कैलालीकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।टाउकोमा चोट लागेका कारण उपचार गर्न नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पुगेकी महिलाको हिजो, २ असारमा मृत्यु भएको थियो। उनको मृत्यु पछि परीक्षण गरिएकोमा आज रिपोर्ट पोजिटिभ आएको नेपालगञ्ज मेडिकल कलेजका सहनिर्देशक डाक्टर नितेशकुमार कनौडियाले बताए।

">