काठमाडौं। १ असारमा जंगलमा झुण्डिएर आत्महत्या गरेकी सुर्खेतको सिम्ता गाउँपालिका-८ की २५ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सुर्खेत अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको नमूना परीक्षणमा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए।
जंगलमा झुण्डिएर आत्महत्या गरेको अवस्था भेटिएपछि उनको शव पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा राखिएको थियो। “पोष्टमार्टम अघि थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो”, तिवारीले भने, “आज आएको रिपोर्टमा पोजिटिभ देखिएको छ।” मृतक महिला १२ जेठमा श्रीमान र छोरीसहित भारतबाट आएकी थिइन्।
उनीहरू गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा १४ दिन बसेर घर गएका थिए। महाशाखा प्रमुख तिवारीका अनुसार क्वारेन्टाइनबाट घर पठाउने क्रममा गरिएको आरडीटी परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। अस्पतालमा नै रहेको युवतीको शव कोभिड-१९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न बनेको निर्देशिका अनुसार व्यवस्थापन गरिने तयारी भइरहेको छ।
नेपाली सेनालाई शव व्यवस्थापन गर्ने विषयमा जानकारी गराइसकिएको डा. तिवारीले बताए।
" /> काठमाडौं। १ असारमा जंगलमा झुण्डिएर आत्महत्या गरेकी सुर्खेतको सिम्ता गाउँपालिका-८ की २५ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सुर्खेत अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको नमूना परीक्षणमा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए।जंगलमा झुण्डिएर आत्महत्या गरेको अवस्था भेटिएपछि उनको शव पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा राखिएको थियो। “पोष्टमार्टम अघि थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो”, तिवारीले भने, “आज आएको रिपोर्टमा पोजिटिभ देखिएको छ।” मृतक महिला १२ जेठमा श्रीमान र छोरीसहित भारतबाट आएकी थिइन्।

">