काठमाडौं। ११ चैतदेखि जारी गरिएको लकडाउन खुकुलो भएसँगै देशैभर अपराध बढ्न सक्ने प्रहरी प्रधान कार्यालयले निष्कर्ष निकालेको छ।
लामो समयदेखिको लकडाउन खुकुलो हुँदै जादा समाजमा विभिन्न गतिविधिहरू चलायमान हुने र विभिन्न अपराधिक गतिविधि सुसुप्त अवस्थाबाट गतिशील हुने निष्कर्ष निकाल्दै देशैभर उच्च सुरक्षा सतर्कता अपनाएर काम गर्न मातहतका निकायहरूलाई निर्देशन दिइएको छ।
प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालद्वारा हस्ताक्षरित पत्रमा लकडाउन खुकुलो पश्चात हुने अपराध नियन्त्रण तथा न्यूनीकरण कार्ययोजना २०७७ सातवटै प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लागू गर्न निर्देशन दिइएको छ।
वस्तुपरक तथा सृजनशील तवरले आ-आफ्नो सुरक्षा योजना तयार गरी आवश्यक कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयले भनेको छ।
लामो लकडाउनका कारण आगामी दिनहरू सुरक्षाको हिसाबले चुनौतीपूर्ण हुने प्रहरीको निष्कर्ष छ। “चुनौतीको सामना व्यावसायिक सीप, कर्तव्य परायण र कानूनसम्मतको मार्गबाट मात्र गर्न सकिन्छ”, एआईजी पालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।
अपराधको बढोत्तरी सँगै कानूनी कारबाही गर्न हुन जाने चुनौतीलाई सामना गर्न लकडाउन खुकुलो पश्चात समाजमा घट्ने सम्भावित अपराध, शान्ति सुरक्षामा पर्न जाने असरहरूलाई योजनाबद्ध तरिकाले रोकथाम, नियन्त्रण तथा न्यूनीकरण गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको व्यवस्थापन, प्रभावकारीरूपमा प्रहरी परिचालन गर्न निर्देशन दिइएको छ।
प्रहरी प्रधान कार्यालयले चोरी डकैती बढ्न सक्ने हुँदा विगतमा बढी चोरी हुने स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गर्न, आर्थिक कारोबार हुने स्थान बढी भीडभाड हुने क्षेत्रमा गस्ती पट्रोलिङ बढाउन, जेलबाट छुटेका पटके चोर र डाँकाहरूको निगरानी गर्न, रातको समयमा हिँडडुल गर्ने व्यक्तिहरूको कडाइका साथ चेकजाँच गर्न र अराजक गतिविधि जस्तै हत्या हिंसा रोक्न छुट्टै अनुसन्धान टोली तयार गर्न भनेको छ।
पेशेवर गुण्डागर्दी गर्नेमाथि निगरानी, भारतीय सीमा नाकामा कडाइ, घरेलु हिंसा, महिला तथा बालबालिकासम्बन्धी अपराध नियन्त्रण गर्न, आर्थिक अपराध, सवारी दुर्घटना, लागुऔषधको कारोबार तथा दुरुपयोग, मानव बेचबिखन, संविधान विरोधी नेत्रविक्रम चन्द समूह तथा अन्य सशस्त्र समूहको गतिविधिमा उच्च निगरानी गर्न निर्देशन दिइएको छ।
जुनसुकै गतिविधिमा संलग्न हुनेहरूलाई तुरुन्त पक्राउ तथा कानूनी कारबाही गर्न, गोप्य निगरानी, चन्दा आतंक रोक्न विशेष टोली परिचालन, दैनिक गतिविधिको सूक्ष्म अवलोकन र सूचना संकलन, अव्यवस्थित भीड, कालोबजारी, राजनीतिक विरोधका कार्यक्रमहरू, सरकारी तथा निजी कम्पनीको साइबर सुरक्षामाथि हुने खतरा, विषम् परिस्थितिको फाइदा उठाएर समाजमा अफवाह फैलाउने समूहको पनि निगरानी गर्न भनिएको छ।
एमसीसी कार्यान्वयनसम्बन्धी विरोध हुन सक्ने, असन्तुष्ट समूहले विरोध गर्न सक्ने, राहत वितरणमा विरोध हुन सक्ने, विकास आयोजनाहरूमा विरोध हुन सक्ने, अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि आक्रमणलगायतका गतिविधिसमेत हुन सक्ने भन्दै उच्च सुरक्षा सतर्कता अपनाएर काम गर्न निर्देशन जारी गरिएको हो।
" /> काठमाडौं। ११ चैतदेखि जारी गरिएको लकडाउन खुकुलो भएसँगै देशैभर अपराध बढ्न सक्ने प्रहरी प्रधान कार्यालयले निष्कर्ष निकालेको छ।लामो समयदेखिको लकडाउन खुकुलो हुँदै जादा समाजमा विभिन्न गतिविधिहरू चलायमान हुने र विभिन्न अपराधिक गतिविधि सुसुप्त अवस्थाबाट गतिशील हुने निष्कर्ष निकाल्दै देशैभर उच्च सुरक्षा सतर्कता अपनाएर काम गर्न मातहतका निकायहरूलाई निर्देशन दिइएको छ।

">