कैलाली। कञ्चनपुरको महाकाली अस्पतालबाट १३ जना कोरोना भाइरस संक्रमितलाई परीक्षण नगरेरै घर पठाइएको छ। संक्रमित भएर अस्पतालको आइसोलेसनमा भर्ना भइ १४ दिन बिताएपछि आज उनीहरूलाई परीक्षणबिनै घर पठाइएको हो।
कञ्चनपुरको लालझाडी–४ का २५ वर्षीय पुरुष, पुनर्वास नगरपालिका–५ का ३३ र ५२ वर्षीय पुरुष, पुनर्वास–९ का २८, ३० र ३६ वर्षीय पुरुष गरी कञ्चनपुरका ६ जना र कैलालीको गौरी गंगा नगरपालिका–४ का ७ जना पुरुष गरी १३ जनालाई कोरोना परीक्षणबिनै अस्पतालबाट डिस्चार्ज गरिएको हो।
कञ्चनपुरका ६ जनालाई २० जेठमा र कैलालीका ७ जनालाई २१ जेठमा कोरोना भाइरस पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो। १४ दिनसम्म उनीहरूको स्वास्थ्यमा कुनै समस्या नआएपछि डिस्चार्ज गरिएको महाकाली अस्पतालका डा. सरोज आचार्यले बताए।
उनले एक साताको होम क्वारेन्टाइनमा बस्ने गरी सबैलाई डिस्चार्ज गरिएको बताए। महाकाली अस्पतालको आइसोलसनमा रहेका ५ जनालाई पहिला पनि कोरोना परीक्षण नगरी डिस्चार्ज गरिएको थियो।
" /> कैलाली। कञ्चनपुरको महाकाली अस्पतालबाट १३ जना कोरोना भाइरस संक्रमितलाई परीक्षण नगरेरै घर पठाइएको छ। संक्रमित भएर अस्पतालको आइसोलेसनमा भर्ना भइ १४ दिन बिताएपछि आज उनीहरूलाई परीक्षणबिनै घर पठाइएको हो।कञ्चनपुरको लालझाडी–४ का २५ वर्षीय पुरुष, पुनर्वास नगरपालिका–५ का ३३ र ५२ वर्षीय पुरुष, पुनर्वास–९ का २८, ३० र ३६ वर्षीय पुरुष गरी कञ्चनपुरका ६ जना र कैलालीको गौरी गंगा नगरपालिका–४ का ७ जना पुरुष गरी १३ जनालाई कोरोना परीक्षणबिनै अस्पतालबाट डिस्चार्ज गरिएको हो।

">