काठमाडौं। भारतको छत्तिसगढ प्रान्तस्थित आदिवासी बाहुल्यको बस्तार क्षेत्रमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या निकै नै कम देखिएको छ।
जुन १६ सम्ममा प्रान्तभर एक हजार ७५६ जनामा संक्रमण पुष्टि हुँदा बस्तार क्षेत्रका ३६ जनालाई मात्र कोरोना भाइरसले आक्रमण गरेको तथ्यांक छ।
छत्तिसगढ प्रान्तका २८ मध्ये तीनवटा जिल्ला अहिलेसम्म कोरोना संक्रमणबाट मुक्त छन्। ती तीनवटै जिल्ला बस्तार क्षेत्रमा पर्दछन्।
बस्तार समुदायका आदिवासीको खानपिन र जीवनशैलीले उनीहरूमा कोरोना भाइरससँग जुध्ने प्रतिरक्षा प्रणाली बलियो बनाएको हुन सक्ने विज्ञहरूले बताएका छन्। आदिवासी समुदायले खानपिनमा प्रयोग गर्ने कन्दमूल, तरकारी र च्याउजस्ता वस्तुबाट प्रतिरक्षा प्रणाली बलियो हुने विज्ञहरूको धारणा छ। कृषि तथा त्यस समुदायबारेका विज्ञहरूले यसबारे भएका अध्ययनका प्रतिवेदन प्रस्तुत गर्दै यस्ता खानाले प्राकृतिकरूपमै प्रतिरक्षा प्रणाली बढाउने बताएका छन्।
“बस्तार समुदायका आदिवासीमा धेरैजसो जंगली कन्दमूल र फलफूल खाने चलन छ। जसले उनीहरूमा कोरोना भाइरससँग जुध्ने प्रतिरक्षा प्रणाली बलियो बनाउने मान्यता छ। हामी सबै यो तथ्यमा बलियो विश्वास गर्छौं। यसलाई वैज्ञानिकरूपले स्थापित गर्नुपर्छ”, बस्तार विश्वविद्यालयको ‘स्कुल अफ् एन्थ्रोपोलोजी’का सह–प्राध्यापक डा. स्वपन कुमार भन्छन्।
“सालको रूखमा उम्रिने बोन्डा झ्याउ, बाँसको तामा, फुटु जातको च्याउ यहाँका आदिवासी समुदायको प्रिय खाना हो। यसबाहेक उनीहरूले बोहार, चरोटा र किलियारी जस्ता सागपात पनि खाने गर्छन्”, बस्तार क्षेत्रका आदिवासीको खानपान स्वभावबारे अध्ययन गरेका डा. तुसार पनीग्रही भन्छन्।
यस्ता खानेकुरामा एमिनो एसिड, भिटामिन सी, आइरन र फोलिक एसिडजस्ता पोषणतत्व पाइन्छ। त्यसले बस्तार क्षेत्रका आदिवासी गाउँलेहरूको प्रतिरक्षा प्रणाली बलियो बनाउन सघाएको डा. पनीग्रहीको विश्वास छ।
खानाबाहेक पनि बस्तार क्षेत्रका आदिवासी समुदायको जीवनशैलीले उनीहरूलाई कोरोना भाइरसविरूद्धको लडाइँमा बलियो बनाइरहेको छ। “जीवनशैलीले नै उनीहरूलाई अनावश्यक सम्पर्कबाट जोगाएको छ”, डा. पनीग्रही भन्छन्, “यो आफैंमा एक किसिमको प्राकृतिक क्वारेन्टाइन हो।”
वैज्ञानिक अध्ययनको आवश्यकता
बस्तारमा त खानपान र जीवनशैलीले संक्रमणबाट जोगाइरहेछ। त्यसो भए तेलंगाना, आन्ध्र प्रदेश र ओडिसाका सीमावर्ती जिल्लामा रहेका आदिवासी समुदायको स्थिति कस्तो छ त? विज्ञहरू उनीहरूको खानापानमा जंगली खाना कम भएकाले उस्तै परिणाम नदेखिने बताउँछन्।
“यसबाहेक छिमेकी प्रान्तका जोडिएका गाउँहरू धेरै हदसम्म शहरीया भइसकेका छन्”, डा. पनीग्रही भन्छन्।
खानपान र जीवनशैलीले कसरी कोभिड महामारीबाट जोगाएको छ भन्ने अध्ययन र बलियो सूचना नभएकाले विज्ञहरूले पुराना महामारीसँग आदिवासीहरू कसरी जुधेका थिए भन्नेतर्फ अध्ययन केन्द्रित गरिरहेका छन्।
विज्ञहरूका अनुसार, कुपोषण ठूलो समस्या भए पनि आदिवासी समुदायमा पहिलेका महामारीले खासै प्रभाव पारेको देखिँदैन। डा. स्वपन कुमारले आदिवासी समुदाय र शहरी जीवनशैलीमा अभ्यस्तबीच तुलनात्मक अध्ययन गर्नुपर्नेमा जोड दिए।
– द प्रिन्टबाट