काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको जनाएको छ।
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कजेल शिक्षण अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टिपछि मृत्यु भएको संख्या २० पुगेको मन्त्रालयले औपचारिक पुष्टि गरेको हो।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बाँकेमा मृत्यु भएकी महिलासहित अहिलेसम्म २० जनाको मृत्यु भएको पुष्टि गरे।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको १ असार बेलुका आईसीयूमा मृत्यु भएको थियो।
उनको मृत्यु हुनुअघि नै थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो। मृत्युपछि हिजो, २ असार बेलुका ती महिलामा कोभिड-१९ पुष्टि भएको थियो।
मृतक महिला फोक्सो, मिर्गौला र प्यारालाइसिस रोगबाट ग्रसित थिईन्।
उनको स्वास्थ्यमा समस्या भएपछि ३० जेठमा उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको जनाएको छ।बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कजेल शिक्षण अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टिपछि मृत्यु भएको संख्या २० पुगेको मन्त्रालयले औपचारिक पुष्टि गरेको हो।

">