मिथिलामा छठको चहलपहल
महोत्तरी। मिथिला क्षेत्रमा छठ पर्वको चहलपहल शुरु भएको छ।

महोत्तरीको नगर क्षेत्र र साप्ताहिक हटियामा माटाका भाँडा, बाँसका कप्टेरा र चोयाले बनेका सामान तथा केराका घरी राखिएको छ।

छठ पर्वमा दियो, दही जमाउने भाँडा, कलश, ढकना र तौलासहितका भाँडा माटोकै प्रयोग गर्ने परम्परा छ।

त्यसैगरी बाँसको कप्टेरा र चोयाले बनेका नयाँ छिटी, नाङ्लो, चाल्नो, पङ्खासहितका सामग्री प्रगोग गरिन्छ।

मिथिला क्षेत्रमा जताततै केराको घरीको बिक्री बढेको छ।

छठमा व्रतालु र भाकल गर्नेले केराको घरी चढाउने अनिवार्य परम्परा छ।

कात्तिक शुक्ल चौथीका दिन शुरु भएर सप्तमीको दिन बिहान सम्पन्न गरिने छठ सूर्य उपाशनाको पर्व हो।

छठ पर्वमा व्रत लिने मात्र नभएर परिवारका, नातागोताका र छरछिमेकका सबै परिचालित हुने हुँदा यो पर्व मिथिला लोकसंस्कृतिको साझा र मूख्य पर्व बनेको छ।

अहिले मिथिलामा सबैतिर सूर्य उपाशनाका गीत गुञ्जिरहेका छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्