ताप्लेजुङमा पहिरोले विद्यालय भवन बगायो
ताप्लेजुङ। ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-४, ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ।

गयराति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो।

पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ भने बालीनालीमासमेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए।

स्थानीयका अनुसार स्थानीय रेन्जिङ तामाङको घर छेउबाट पहिरो झरेको थियो।

पहिरो गएको क्षेत्रमा तापेथोक प्रहरी चौकीबाट प्रहरीको टोली गएको तथा पहिरोले पारेको क्षतिको विस्तृत वितरण भने आउन बाँकी रहेको जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्