बर्दियाका थप ३१ जनामा कोरोना संक्रमण

बाँके। बर्दियामा थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ।

भेरी अस्पतालका अनुसार बढैयातालका २६, बाँसगढीका चार र राजापुरका एकजनामा कोरोना संक्रमण देखिएको हो।

संक्रमित हुनेमा ३० जना पुरुष हुन् भने एकजना बढैयातालकी महिला रहेकी छन्।

यसैबीच नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएकी बैजनाथ-६ बाँकेकी ४६ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्