गायक प्रमोद खरेललाई पुत्री लाभ
काठमाडौं। गायक प्रमोद खरेललाई पुत्री लाभ भएको छ। प्रमोद पत्नी दीपा खरेलले दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्।
अल्का अस्पतालमा ६ दिन भेन्टिलेटरमा राखेर आज बिहान छोरीलाई खरेल दम्पतीको हातमा दिइएको छ।
छोरी पाएको खुशी व्यक्त गर्दै प्रमोदले सामाजिक सञ्जालमा लेखेका छन्, "जीन्दगीले अर्को खुशीको आकाश छोएको छ। घरमा लक्ष्मीको आगमन भएको छ।"
भेन्टिलेटरमा राखिँदा रुनु न हास्नु बनाएको उनको भनाइ छ। छोरी पाएपछि सबैसँग खुशी बाँड्ने चाहना हुँदा-हुँदै पनि आजसम्म त्यो नसकिएको उनले स्टाटसमा लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्