कजाखस्तानका सभामुख पनि कोरोना संक्रमित <p>नुरसुल्तान। मध्य एशियाली मुलुक कजाखस्तानको संसदका सभामुख पनि कोरोना भाइरसबाट संक्रमित पाइएका छन्।</p> <p>संसदको तल्लो सदनका सभामुख नुर्लान निग्मातुलिन कोरोना भाइरसबाट संक्रमित हुने पछिल्लो उच्च पदस्थ व्यक्तित्व हुन्। उनले गत साता स्वास्थ्यमन्त्री येल्जान बिर्तानोभसँग भेटेका थिए।</p> <p>अलजजिराका अनुसार त्यसलगत्तै मन्त्री बिर्तानोभ कोभिड-१९ र निमोनियाको उपचारका लागि अस्पताल भर्ना भएका थिए।</p> <p>सभामुख निग्मातुलिनको कार्यालयका अनुसार उनलाई देखिएको संक्रमण &lsquo;एसिम्टोमेटिक&rsquo; अर्थात लक्षण नदेखिने प्रकारको हो।</p>
प्रतिक्रिया दिनुहोस्