होन्डुरसका राष्ट्रपतिलाई कोरोना संक्रमण
<p>टेगुसीगाल्पा। मध्यअमेरिकी मुलुक होन्डुरसका राष्‍ट्रपति हुवाँ ओल्र्यान्डो हर्नाडेजलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।</p>
<p>अलजजिराका अनुसार उनी आफैंले यसबारे जानकारी दिएका हुन्। अन्य व्यक्तिभन्दा टाढै बसेर आफूले काम गरिरहेको र उपचार गराइरहेको उनले बताएका छन्।</p>
<p>“मुलुकको राष्‍ट्रपतिका रूपमा र नागरिकप्रतिको दायित्वका कारण मलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराउँछु,” टेलिभिजनमार्फत सन्देश दिँदै उनले भने, “केही सातादेखि स्वास्थ्य त्यति सहज थिएन। परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो।”</p>
<p>चिकित्सकले आफूलाई आराम गर्न सल्लाह दिएको तर आफ्ना सहायकहरूसँग दूरी बनाउँदै काम गरिरहेको उनले बताए।</p>
प्रतिक्रिया दिनुहोस्
