नेवार समुदायको किजा पूजा आज
काठमाडौं। नेवार समुदायले आज भाइटीका (किजा पूजा)  लगाउँदैछन्।

भाइटीकाको दिन म्हः पूजा गर्ने नेपाल पञ्चांग निर्णायक समितिको निर्णय थियो।

सोही अनुसार कतिपयले हिजो नै म्हः पूजा गरेका छन्।

तर, भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने प्रचलनअनुसार केहीले ११ कात्तिक (सोमबार) नै म्हः पूजा गरेका थिए।

नेपाल सम्वत्को नयाँ वर्ष हिजो भएकाले नेवार समुदायले आज किजा पूजा गर्न लागेका हुन्।

किजा पूजाको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ।

किजा पूजामा मण्डप तयार गरी फलफूहरु राख्ने गरिन्छ।

दाजुभाइ दिदीबहीनीले एकअर्काको दीर्घायूको कामना गर्दै टीका लगाइदिन्छन्। सँगै सगुन र उपहार दिने प्रचलन छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्