दुर्लुङ पहिरोमा पुरिएका बालकको शव ५ दिनपछि फेला <p>कुश्मा। पर्वतको दुर्लुङमा गएको पहिरोमा पुरिएका बालकको शव पाँच दिनपछि भेटिएको छ।&nbsp;</p> <p>कुश्मा नगरपालिका-३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर १४ वर्षीय जेनिश विक बेपत्ता थिए। आज बिहान उनको शव फेला परेको हो।</p> <p>गत शनिबार राति आएको पहिरोले परी ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनाकुमारी, छोरी ३४ वर्षीया दिर्पा, नातिनी ११ वर्षीया विविशा, नातिहरू १५ वर्षीय सम्राट र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो। यस्तै, २८ वर्षीया कमला विककी आठ वर्षीया छोरी प्रमिशाको शव यसअघि फेला परेको थियो। कमलाका छोरा जेनिश शव आज फेला परेको हो। <em><strong>रासस</strong></em></p>
प्रतिक्रिया दिनुहोस्