लगातार ११ खेलमा विजयी नतिजा निकालेको बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई १० अंकले पछि पारेको छ। डर्टमण्डले अब तीन खेल मात्र खेल्न बाँकी छ। डर्टमण्डले बाँकी तीनै खेल जिते पनि बायर्नभन्दा एक अंकले पछि रहनेछ। त्यसैले बायर्नको उपाधि पक्का भएको हो। हारसँगै वेर्डर ब्रेमन रेलिगेसनमा पर्ने सम्भावना बढेको छ। वेर्डर ब्रेमन २८ अंकका साथ १७औं स्थानमा छ।
रक्षक अल्फान्सो डेभिसले दुई पँहेलो कार्डको सामना गरेपछि बायर्न ११ मिनेट १० खेलाडीमा सीमित बनेको थियो। त्यसअघि पोल्यान्डका फरवार्ड लेवन्डस्कीले ४३औं मिनेटमा गोल गरेका थिए। जारी सिजन उनको यो ३१औं लिग गोल हो। यससँगै लेवन्डस्कीले एकै सिजनमा विदेशी खेलाडीले सबभन्दा धेरै ३१ गोल गर्ने कीर्तिमानसँग बराबरी गरेका छन्। यसअघि डर्टमण्डका फरवार्ड पिइरे-इमिरिक औबमेयाङले २०१६-०१७ को सिजनमा ३१ गोल गरेका थिए। औबमेयाङ अहिले आर्सनलमा छन्।
बायर्नले गत सिजन अन्तिम खेलमा मात्र लिग उपाधि पक्का गरेको थियो। बायर्नले इन्ट्राचट फ्रायङफर्टलाई ५-१ ले पराजित गर्दै उपाधि जितेको थियो। ७५ हजार दर्शकले भरिएको घरेलु मैदानमा बायर्नले उपाधि जितेको खुशी मनाएको थियो। तर यसपटक ४२ हजार दर्शक क्षमता भएको वेर्डर ब्रेमनको रंगशाला खाली थियो। अन्तिम सिटी बजेपछि खेलाडीले एकआपसमा खुशी त बाँडे तर गत वर्षसँग तुलनामा त्यो रोदन जस्तो पो देखिन्थ्यो।
‘‘पछिल्लो केही महिना हामीले धेरै राम्रो फुटबल खेलेका छौं,’’ बायर्नबाट चारपटक लिग उपाधि जितेका मुख्य प्रशिक्षक हान्सी फ्लिकले भने, ‘‘हामी टीममा त्यो लगाव, खेलप्रतिको भावना तथा टीम स्प्रिट देख्‍न सक्छौं।’’
अहिले हेर्दा बायर्नको लिग उपाधि जित सहज देखिन्छ। तर शुरूमा बायर्नले धेरै उतार चढाव भोग्‍नुपर्‍यो। गत नोभेम्बरमा फ्रायङफ्रर्टविरुद्धको खेलमा ५-१ ले पराजित भएपछि साविक विजेता बायर्न अंक तालिकाको चौथो स्थानमा थियो। त्यस खेलपछि बायर्नले १६ महिना प्रशिक्षण सम्हालेका निको कोभाचलार्य बर्खास्त गर्‍यो र फ्लिकलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइयो। पछि फ्लिकसँग २०२३ सम्मका लागि नयाँ सम्झौता गरियो।
त्यसपछि बायर्नले ५५ वर्षे पूर्वसहायक प्रशिक्षकको नेतृत्वमा गज्जबको प्रदर्शन गर्‍यो। फलस्वरूप बायर्नले ६६ अंकको खेलमा ५८ अंक बटुल्यो। बायर्न जर्मन कपको पनि फाइनलमा स्थान बनाउन सफल भएको छ। बायर्नले जर्मन कमको उपाधिका लागि ४ जुलाईमा बायर लेभरकुसेनसँग प्रतिस्पर्धा गर्नेछ। बायर्नले च्याम्पियन्स लिग क्‍वार्टरफाइनलको पहिलो लेगमा पनि चेल्सीविरुद्ध अवे खेलमा ३-० को अग्रता लिएको छ।
‘‘हाम्रो पहिलो पाइला सफलतापूर्वक टेक्न सफल भएका छौं र ठूलो लक्ष्य हासिल गरेका छौं,’’ प्रशिक्षक फ्लिकले थपे, ‘‘तर हामीले अझै जर्मन कप, च्याम्पियन्स लिगमा राम्रो गर्नुपर्नेछ।’’
फ्लिक बायर्नबाट खेलाडी र प्रशिक्षक दुवै भूमिकामा बुन्डेसलिगा उपाधि जित्‍ने तेस्रो व्यक्ति बने। यसअघि फ्रान्ज बेकनबाउर र निको कोभाचले यस्तो उपाधि जितेका थिए।
बायर्नका डेबिड अलाबा र थोमस मुलरले एकै क्लबबाट ९ बुन्डेसलिगाको उपाधि जिते। यससँगै उनीहरूले गत सिजन फ्रांक रिबेरीले बनाएको कीर्तिमानसँग बराबरी गरेका छन्।
"> बायर्नले लगातार जित्यो आठौं बुन्डेसलिगा उपाधि, खाली रंगशाला मनाइयो खुशी: Dekhapadhi
बायर्नले लगातार जित्यो आठौं बुन्डेसलिगा उपाधि, खाली रंगशाला मनाइयो खुशी
काठमाडौं। लगातार आठौं पटक जर्मन बुन्डेसलिगाको उपाधि जितेको बायर्न म्युनिखले खाली रंगशालामा जितको खुशी मनाएका छन्।
जेरोमी बेएटाङको चिप पासलाई रोबर्ट लेवन्डस्कीले चेष्टले नियन्त्रणमा लिदै दायाँ खुट्टाले हानेको प्रहार गोलमा परिणत भएको थियो। बायर्नका लेवन्डस्कीले गरेको त्यही गोल वेर्डर ब्रेमनलाई १-०ले हराउन पर्याप्त भयो। यो जितसँगै बायर्नले लिगमा दुई खेल बाँकी छदै उपाधि पक्का गर्न सफल भयो।
लगातार ११ खेलमा विजयी नतिजा निकालेको बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई १० अंकले पछि पारेको छ। डर्टमण्डले अब तीन खेल मात्र खेल्न बाँकी छ। डर्टमण्डले बाँकी तीनै खेल जिते पनि बायर्नभन्दा एक अंकले पछि रहनेछ। त्यसैले बायर्नको उपाधि पक्का भएको हो। हारसँगै वेर्डर ब्रेमन रेलिगेसनमा पर्ने सम्भावना बढेको छ। वेर्डर ब्रेमन २८ अंकका साथ १७औं स्थानमा छ।
रक्षक अल्फान्सो डेभिसले दुई पँहेलो कार्डको सामना गरेपछि बायर्न ११ मिनेट १० खेलाडीमा सीमित बनेको थियो। त्यसअघि पोल्यान्डका फरवार्ड लेवन्डस्कीले ४३औं मिनेटमा गोल गरेका थिए। जारी सिजन उनको यो ३१औं लिग गोल हो। यससँगै लेवन्डस्कीले एकै सिजनमा विदेशी खेलाडीले सबभन्दा धेरै ३१ गोल गर्ने कीर्तिमानसँग बराबरी गरेका छन्। यसअघि डर्टमण्डका फरवार्ड पिइरे-इमिरिक औबमेयाङले २०१६-०१७ को सिजनमा ३१ गोल गरेका थिए। औबमेयाङ अहिले आर्सनलमा छन्।
बायर्नले गत सिजन अन्तिम खेलमा मात्र लिग उपाधि पक्का गरेको थियो। बायर्नले इन्ट्राचट फ्रायङफर्टलाई ५-१ ले पराजित गर्दै उपाधि जितेको थियो। ७५ हजार दर्शकले भरिएको घरेलु मैदानमा बायर्नले उपाधि जितेको खुशी मनाएको थियो। तर यसपटक ४२ हजार दर्शक क्षमता भएको वेर्डर ब्रेमनको रंगशाला खाली थियो। अन्तिम सिटी बजेपछि खेलाडीले एकआपसमा खुशी त बाँडे तर गत वर्षसँग तुलनामा त्यो रोदन जस्तो पो देखिन्थ्यो।
‘‘हाम्रो पहिलो पाइला सफलतापूर्वक टेक्न सफल भएका छौं र ठूलो लक्ष्य हासिल गरेका छौं,’’ प्रशिक्षक फ्लिकले थपे, ‘‘तर हामीले अझै जर्मन कप, च्याम्पियन्स लिगमा राम्रो गर्नुपर्नेछ।’’
बायर्नका डेबिड अलाबा र थोमस मुलरले एकै क्लबबाट ९ बुन्डेसलिगाको उपाधि जिते। यससँगै उनीहरूले गत सिजन फ्रांक रिबेरीले बनाएको कीर्तिमानसँग बराबरी गरेका छन्।
प्रतिक्रिया दिनुहोस्