ज्ञान आम्दानी हो

हामीमध्ये प्रायले आफ्नो जिन्दगी पैसाको पछि लाग्दालाग्दै सिध्याउछौँ। पैसा कमाउने, जम्मा गर्ने, खर्च गर्ने चक्रमा हामीले बारम्बार केही नयाँ सिक्न ‘समय नै नभएको’ गुनासो पनि गर्छौँ।

हामीसँग समय नभएको नै भने होइन। बरु हामीले अधिकांश समय पैसा कमाउन खर्च गरिरहेका हुन्छौँ। तर पछिल्लो समय प्रविधिको विकाससँगै ज्ञान र पैसाबीचको सम्बन्ध फरक परिरहेछ।

पहिले भन्ने गरिन्थ्यो, लक्ष्मी र सरस्वती एकै ठाउँमा बस्दिनन्। तर प्रविधिले ज्ञानलाई पैसा दिन थालेको छ। पछिल्लो समय प्रविधिको मूल्य बढिरहेछ। प्रविधिको मूल्य बढ्नु भनेको ज्ञानको पनि बढ्नु हो।

अर्को शब्दमा भन्ने हो भने, ज्ञान नयाँ आम्दानी हो।

पैसाजस्तै ज्ञान पनि आदानप्रदानमा उपयोग गर्न सकिन्छ। तर पैसाजस्तो बाँड्दैमा ज्ञान घट्दैन। विश्वभर ज्ञानको वितरण निःशुल्क र निमेष भरमा गर्न सकिने काम हो। तर यसको मूल्य पैसाको भन्दा बढी छ।

ज्ञानले जुनसुकै सामान पनि किन्न सकिन्छ। पैसाले किन्न नसक्ने भरपर्दो सम्बन्ध पनि ज्ञानले खरिद गर्न सक्छ।

ज्ञानले छिटो र सहज ढंगले उद्देश्य प्राप्त गर्न सहयोग पु¥याउँछ। साथै यसले मस्तिष्क पनि तेज गराउँछ।

ज्ञानले शब्दज्ञान बढाउँछ जसले कुशल वक्ता बनाउँछ। र वार्तामा अब्बल बनाइदिन्छ।

ज्ञानले सीमाहरू नाघेर परसम्म र ठूलो आकारमा सोच्न सघाउँछ।

न्यू योर्क टाइम्ससँगको अन्तर्वार्तामा पूर्व राष्ट्रपति बाराक ओबामाले आपूmले किन पढ्थेँ भन्नेबारे यसो भनेका थिएः “घटनाहरू छिटोछिटो भईरहेको र प्रशस्त सूचना आदानप्रदान भइरहेको बेलामा अध्ययनले विषयवस्तु बुझ्न सघाउँछ।”

सिक्ने मामिलामा उत्कृष्ट हुने ६ उपायः

सिकाइ प्रभावकारी बनाउने ६ वटा उपाय यस्ता छन्ः

१. सही समयमा मूल्यवान ज्ञान पत्ता लगाउनु

ज्ञानको मूल्य स्थिर हुँदैन। यो पनि समय अनुसार फरक भइरहन्छ। त्यसैले कुन ज्ञानको मूल्य बढी छ भन्ने चिन्नुपर्छ। नयाँ प्रविधी स्थापित भयो र त्यसले उद्योगधन्दाको काम गर्ने शैली नै फेरिदियो भने त्यो प्रविधी चलाउन जान्ने मानिस चाहिन्छ। त्यसैले नयाँ भन्दा नयाँ ज्ञान हासिल गर्नु उत्तम हुन्छ।

२. ज्ञान छिटो सिक्नुस्

अवसरले केवल एकपटक ढोका ढक्कढक्याउँछ। अवसर पाउनासाथ फाइदा लिन जान्नुपर्छ।

३. आफ्नो सिपको मूल्यबारे अरूलाई बताउने गर्नुस्

उस्तै सिप भएका मानिसहरूबीचमा पनि तलबमान फरक हुन्छ। किनभने बढी तलब पाउनेहरूको संवाद शैली बलियो हुन्छ। उनीहरूले आफ्नो सिप उच्च भएको बताउँछन्।

४. ज्ञानलाई पैसामा परिवर्तन गर्नुहोस्

ज्ञानलाई पैसामा परिवर्तन गर्ने अनेकौं तरिका छन्। जोसँग सीप र ज्ञान बढी छ उसले कुनै पनि काम पाउँछ।

५. बढी परिणाम दिने ज्ञानमा खर्च गर्नुहोस्

किताब, अनलाइन कोर्स लगायतका सिकाइ पद्दतिमध्ये केमा लगानी गर्दा धेरै र उपयुक्त ज्ञान दिन्छ भन्ने ध्यान दिनुपर्छ।

६. सिक्ने कलामा सिपालु हुनुहोस्

सिक्ने कला बलियो भएको मानिसले छिटो र प्रभावकारी ढंगमा सिपालु हुन्छ।

नबिर्सौं काममा मेहनत गर्ने धारणा औद्योगीकरणकालको हो। अहिले त सिकाइमा गरिने मेहनतले आम्दानी बढाइरहेको छ।

अल्छी नबन्नुहोस्, बहाना नबनाउनुहोस्

छोरी जन्मिनभन्दा पहिलेसम्म सफल उद्यमी बेल क्लर्कले बिहान ६ः४५ देखि ८ः३०सम्म पढाईमा बिताउँथे। छोरी जन्मेपछि यो समय छोरीले लिइदिइन्।

धेरैजसो मानिसहरूले यहीँनेर सिक्ने प्रक्रियाबाट हात झिक्छन्। तर क्लर्क अरूको बाटो हिँडेनन्। उनले काम गर्ने समय घटाए र पढ्ने समय जुटाए।

उनको कम्पनीमा २०० भन्दा बढी कार्यरत थिए। त्यस हिसाबले त उनी हरदम व्यस्त हुनुपथ्र्यो। तर उनले अध्ययन गर्न छुटाएनन्।

“कम काम र पढाई ज्यादा गर्दा मैले कम काम गरेको देखिएला तर म सफल भएँ”, उनी भन्छन्।

सिकाइ आराम होइन, आवश्यकता हो।

यी तीन विधिबाट सिकाइ शुरू गरौं

संसारका सबैभन्दा धेरै व्यस्त मानिसहरूले पनि दिनको कम्तिमा एक घण्टा अध्ययनमा छुट्याउँछन्। तपाईंले पनि चाहनुभए सक्नुहुन्छ।

यी तीन विधिबाट सिकाइ शुरू गर्न सकिन्छः

१. जतिसुकै व्यस्त भए पनि केही पढ्ने वा सिक्ने समय जुटाऔं।
२. नियमित बनौं।
३. हरेक एक घण्टा अध्ययनले प्राप्त हुने प्रतिफल बढाउँदै जाऔं।

– मिडियम डट कमबाट अनुदित।

"> हप्ताको पाँच घण्टा सिकाइले दिन्छ सफलता: Dekhapadhi
हप्ताको पाँच घण्टा सिकाइले दिन्छ सफलता
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा राष्ट्रपतित्वकालमा पनि दिनको एक घण्टा अध्ययनका लागि छुट्याउँथे।

हाम्रो समयको सबैभन्दा ठूला लगानीकर्ता हुन् वारेन बफेट। उनले आफ्नो करिअरको ८० प्रतिशत समय उनले पढ्न र चिन्तन गर्नमै बिताएका थिए।

बिल गेट्सको नाम त सुन्नुभएकै होला। उनले हप्ताको एउटा पुस्तक पढ्ने गर्छन्। उनले वर्षको दुई हप्ता त पढ्नकै लागि बिदा लिने गर्छन्।

यी केही उदाहरण हुन् जसले संसारकै व्यस्त मानिएका मानिसहरू पनि कसरी पढ्न र केही नयाँ सिक्नका लागि कम्तिमा हप्ताको पाँच घण्टा छुट्याउँछन् भन्ने देखाउँछ।

यसलाई पाँच घण्टे नियम पनि भनिन्छ।

कुनै पनि बहाना नगरी उनीहरूले दिनको एक घण्टा नभए हप्तामा कम्तिमा पाँच घण्टा केही सिक्ने समय जुटाउँछन्।

आखिर किन उनीहरू सिकाइलाई यति जोड दिन्छन् ? उनीहरूले सिकाइमा त्यस्तो के देख्छन् जुन अरूहरूले देख्दैनन् ?

जवाफ सामान्य छ– हामीले गर्न सक्ने सबैभन्दा उचित समय लगानी सिकाइ हो।

बेन्जामिन फ्य्रांकिलनको भाषामा भन्ने हो भने “ज्ञानमा गरिने लगानीले सबैभन्दा धेरै ब्याज दिन्छ।”

थोरै मात्र मानिसले आत्मसात गरेको सत्य हो यो। तर एकपटक ज्ञानको मूल्य बुझेको मानिस निरन्तर यही बाटोमा लाग्छ।

ज्ञान आम्दानी हो

हामीमध्ये प्रायले आफ्नो जिन्दगी पैसाको पछि लाग्दालाग्दै सिध्याउछौँ। पैसा कमाउने, जम्मा गर्ने, खर्च गर्ने चक्रमा हामीले बारम्बार केही नयाँ सिक्न ‘समय नै नभएको’ गुनासो पनि गर्छौँ।

हामीसँग समय नभएको नै भने होइन। बरु हामीले अधिकांश समय पैसा कमाउन खर्च गरिरहेका हुन्छौँ। तर पछिल्लो समय प्रविधिको विकाससँगै ज्ञान र पैसाबीचको सम्बन्ध फरक परिरहेछ।

पहिले भन्ने गरिन्थ्यो, लक्ष्मी र सरस्वती एकै ठाउँमा बस्दिनन्। तर प्रविधिले ज्ञानलाई पैसा दिन थालेको छ। पछिल्लो समय प्रविधिको मूल्य बढिरहेछ। प्रविधिको मूल्य बढ्नु भनेको ज्ञानको पनि बढ्नु हो।

अर्को शब्दमा भन्ने हो भने, ज्ञान नयाँ आम्दानी हो।

पैसाजस्तै ज्ञान पनि आदानप्रदानमा उपयोग गर्न सकिन्छ। तर पैसाजस्तो बाँड्दैमा ज्ञान घट्दैन। विश्वभर ज्ञानको वितरण निःशुल्क र निमेष भरमा गर्न सकिने काम हो। तर यसको मूल्य पैसाको भन्दा बढी छ।

ज्ञानले जुनसुकै सामान पनि किन्न सकिन्छ। पैसाले किन्न नसक्ने भरपर्दो सम्बन्ध पनि ज्ञानले खरिद गर्न सक्छ।

ज्ञानले छिटो र सहज ढंगले उद्देश्य प्राप्त गर्न सहयोग पु¥याउँछ। साथै यसले मस्तिष्क पनि तेज गराउँछ।

ज्ञानले शब्दज्ञान बढाउँछ जसले कुशल वक्ता बनाउँछ। र वार्तामा अब्बल बनाइदिन्छ।

ज्ञानले सीमाहरू नाघेर परसम्म र ठूलो आकारमा सोच्न सघाउँछ।

न्यू योर्क टाइम्ससँगको अन्तर्वार्तामा पूर्व राष्ट्रपति बाराक ओबामाले आपूmले किन पढ्थेँ भन्नेबारे यसो भनेका थिएः “घटनाहरू छिटोछिटो भईरहेको र प्रशस्त सूचना आदानप्रदान भइरहेको बेलामा अध्ययनले विषयवस्तु बुझ्न सघाउँछ।”

सिक्ने मामिलामा उत्कृष्ट हुने ६ उपायः

सिकाइ प्रभावकारी बनाउने ६ वटा उपाय यस्ता छन्ः

१. सही समयमा मूल्यवान ज्ञान पत्ता लगाउनु

ज्ञानको मूल्य स्थिर हुँदैन। यो पनि समय अनुसार फरक भइरहन्छ। त्यसैले कुन ज्ञानको मूल्य बढी छ भन्ने चिन्नुपर्छ। नयाँ प्रविधी स्थापित भयो र त्यसले उद्योगधन्दाको काम गर्ने शैली नै फेरिदियो भने त्यो प्रविधी चलाउन जान्ने मानिस चाहिन्छ। त्यसैले नयाँ भन्दा नयाँ ज्ञान हासिल गर्नु उत्तम हुन्छ।

२. ज्ञान छिटो सिक्नुस्

अवसरले केवल एकपटक ढोका ढक्कढक्याउँछ। अवसर पाउनासाथ फाइदा लिन जान्नुपर्छ।

३. आफ्नो सिपको मूल्यबारे अरूलाई बताउने गर्नुस्

उस्तै सिप भएका मानिसहरूबीचमा पनि तलबमान फरक हुन्छ। किनभने बढी तलब पाउनेहरूको संवाद शैली बलियो हुन्छ। उनीहरूले आफ्नो सिप उच्च भएको बताउँछन्।

४. ज्ञानलाई पैसामा परिवर्तन गर्नुहोस्

ज्ञानलाई पैसामा परिवर्तन गर्ने अनेकौं तरिका छन्। जोसँग सीप र ज्ञान बढी छ उसले कुनै पनि काम पाउँछ।

५. बढी परिणाम दिने ज्ञानमा खर्च गर्नुहोस्

किताब, अनलाइन कोर्स लगायतका सिकाइ पद्दतिमध्ये केमा लगानी गर्दा धेरै र उपयुक्त ज्ञान दिन्छ भन्ने ध्यान दिनुपर्छ।

६. सिक्ने कलामा सिपालु हुनुहोस्

सिक्ने कला बलियो भएको मानिसले छिटो र प्रभावकारी ढंगमा सिपालु हुन्छ।

नबिर्सौं काममा मेहनत गर्ने धारणा औद्योगीकरणकालको हो। अहिले त सिकाइमा गरिने मेहनतले आम्दानी बढाइरहेको छ।

अल्छी नबन्नुहोस्, बहाना नबनाउनुहोस्

छोरी जन्मिनभन्दा पहिलेसम्म सफल उद्यमी बेल क्लर्कले बिहान ६ः४५ देखि ८ः३०सम्म पढाईमा बिताउँथे। छोरी जन्मेपछि यो समय छोरीले लिइदिइन्।

धेरैजसो मानिसहरूले यहीँनेर सिक्ने प्रक्रियाबाट हात झिक्छन्। तर क्लर्क अरूको बाटो हिँडेनन्। उनले काम गर्ने समय घटाए र पढ्ने समय जुटाए।

उनको कम्पनीमा २०० भन्दा बढी कार्यरत थिए। त्यस हिसाबले त उनी हरदम व्यस्त हुनुपथ्र्यो। तर उनले अध्ययन गर्न छुटाएनन्।

“कम काम र पढाई ज्यादा गर्दा मैले कम काम गरेको देखिएला तर म सफल भएँ”, उनी भन्छन्।

सिकाइ आराम होइन, आवश्यकता हो।

यी तीन विधिबाट सिकाइ शुरू गरौं

संसारका सबैभन्दा धेरै व्यस्त मानिसहरूले पनि दिनको कम्तिमा एक घण्टा अध्ययनमा छुट्याउँछन्। तपाईंले पनि चाहनुभए सक्नुहुन्छ।

यी तीन विधिबाट सिकाइ शुरू गर्न सकिन्छः

१. जतिसुकै व्यस्त भए पनि केही पढ्ने वा सिक्ने समय जुटाऔं।
२. नियमित बनौं।
३. हरेक एक घण्टा अध्ययनले प्राप्त हुने प्रतिफल बढाउँदै जाऔं।

– मिडियम डट कमबाट अनुदित।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्