भीटीएम नहुँदा सुदूरपश्‍चिममा थ्रोट स्वाब संकलन रोकियो <p>कैलाली । सुदूरपश्&zwj;चिम प्रदेशमा थ्रोट स्वाब राख्&zwj;ने भाँडो भीटीएम अभावमा स्वाब संकलन दोस्रो पटक रोकिएको छ। थ्रोट स्वाब राख्&zwj;ने भाइरल ट्रान्सफर मिडिया (भीटीएम) नभएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन रोकिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए।</p> <p>सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भीटीएमको मौज्दात सकिएको हो। भीटीएम संघीय सरकारले खरिद गर्ने भएकाले पठाइदिन अनुरोध गरिएको डा. अवस्थीले बताए।</p> <p>भीटीएम सकिएपछि शंकास्पद र कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको समेत स्वाब संकलन हुन सकेको छैन। यसअघि संकलन गरिएका दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि राष्&zwj;ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ।</p> <p>स्वास्थ्य निर्देशनालयले जेठमा प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब संकलन गरिएको बताउँदै पाँच दिनका लागि स्वाब संकलन रोकेको थियो। स्वाब संकलन शुरु भएको एक सातामै फेरि भीटीएम सकिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्