साढे ८ लाख घुससहित डिल्लीबजारका मालपोत अधिकृतसहित पाँच कर्मचारी पक्राउ <p>काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका अधिकृतसहित पाँचजना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।</p> <p>कार्यालय सञ्&zwj;चालन हुन थालेको दोस्रो दिनमै अख्तियारले हिजो गरेको स्टिङ अप्रेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्। जग्गाको कित्ताकाट गर्ने आदेश गराइदिएवापत घुस रकम लिँदै गरेका ६ जनालाई अख्तियारको टोलीले टोखा नगरपालिका ९ सामाखुसी चोकनजिक स्टार पार्टी प्यालेस अगाडिबाट पक्राउ गरेको हो।&nbsp;</p> <p>घुस लिएको रकम आठ लाख पचास हजारसहित उनीहरू पक्राउ परेको अख्तियारले जनाएको छ। पक्राउ पर्नेमा मालपोत अधिकृत रघुवंश कँडेल, नायब सुब्बाहरू उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाल छन्। उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्