बेइजिङमा बढेको बढ्यै संक्रमित

बेइजिङ। चीनको राजधानी बेइजिङमा कोरोना भाइरसका संक्रमित बढेका बढ्यै छन्।

स्थानीय प्रशासनले संक्रमण खतरनाक स्तरमा पुगेको बताएको छ। दर्जनौं नयाँ संक्रमित भेटिएपछि बेइजिङ महानगरको सम्पूर्ण आवागमन बन्द गरिएको छ।

इटलीमा हिजो कोरोना भाइरसबाट ३४ जनाको ज्यान गयो। त्यसअघि सोमबार २६ जनाको मृत्यु भएको थियो।

नयाँ संक्रमितको संख्यामा भने सोमबारको तुलनामा हिजो कमी देखियो। सोमबार तीन सय तीन जनामा संक्रमण पाइएको थियो, हिजो दुई सय १० जना मात्र नयाँ संक्रमित भेटिए।

इटालीमा हालसम्म ३४ हजार चार सय पाँच जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्