ब्राजिलमा एकै दिन करिब ३५ हजार नयाँ संक्रमित

ब्रासिलिया। दक्षिण अमेरिकी मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टामा ३४ हजार नौ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

त्यससँगै ब्राजिलमा संक्रमितको संख्या नौ लाख २३ हजार एक सय ८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा एक हजार दुई सय ८२ जनाको मृत्यु भयो। त्यससँगै मृतक संख्या पनि ४५ हजार दुई सय ४१ पुगेको छ।

संक्रमण र मृत्यु दुवै आँकडाका आधारमा ब्राजिल अमेरिकापछि दोस्रो नम्बरमा छ।

अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभेलपमेन्टले कोरोना भाइरसको दोस्रो लहर आयो भने अर्थव्यवस्था ९.१ प्रतिशतभन्दा तल झर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्