सुर्खेत। कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणमुक्त भइ आज १९१ जना घर फर्केका छन्।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख जिल्ला अस्पतालबाट १२०, दुल्लू अस्पतालबाट २७, सल्यान जिल्ला अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट ३ गरी १९१ जना डिस्चार्ज भएका हुन्।
कर्णालीमा हालसम्म कोरोना सङ्क्रमित ३४२ जना संक्रमणुमक्त भई घर फर्केका छन्। स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कोरोना सङ्क्रमण जितेर घर जानेको क्रम अझैं बढ्ने बताए।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका ५ र सुर्खेतका ४ जनामा सङ्क्रमण पुष्टि भएको हो।
योसँगै कर्णालीमा कूल सङ्क्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ भने तीन जनाको मृत्यु भइसकेको छ। सङ्क्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ। रासस
" /> सुर्खेत। कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणमुक्त भइ आज १९१ जना घर फर्केका छन्।सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख जिल्ला अस्पतालबाट १२०, दुल्लू अस्पतालबाट २७, सल्यान जिल्ला अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट ३ गरी १९१ जना डिस्चार्ज भएका हुन्।

">