काठमाडौं। होचो भू-भागमा वस्ती। माथि पूरै जंगलले घेरिएको पहाड। पहिरो जाने अनुमान सहजै लगाउन सकिन्नथ्यो।
३१ जेठ बेलुका ६ बजेदेखि मुसलधारे वर्षा भयो। लगातार दुई घण्टासम्मको भारी वर्षाका कारण पूरै पहाड खस्यो।
त्यही पहिरोले पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङ काउँलेका ५३ वर्षीय तुलबहादुर थापा र ३२ वर्षीया कमला विकको घरबारी, गोठसहित ९ जनालाई नै लग्यो।
पहिरोमा परेका ९ मध्ये आठजनाको शव फेला परेको छ। एकजना बेपत्ता छन्।
झण्डै ३०० मिटर माथिबाट आएको पहिरोले दुई घर पुरिँदा भित्र रहेका ९ जना बेपत्ता भएका थिए।

आठजनाको शव फेला पारेर १ असारमा अन्त्येष्टि गरिएको छ। एकजनाको भने अझै खोजी कार्य जारी छ।
पहिरोमा परी तुलबहादुरकी श्रीमती मीनकुमारी, १५ वर्षीय नाती सम्राट, आठ वर्षीया नातिनी बिबिसा, लकडाउनका बेला माइत आएकी ३४ वर्षीया छोरी दीपा थापा र उनका १७ वर्षीय छोरा विवेक थापाको मृत्यु भयो।
त्यस्तै कमला र उनकी छोरी आठ वर्षीया छोरी प्रनिशाको मृत्यु भयो। १४ वर्षीय छोरा अझै बेपत्ता छन्।
उनको खोजीमा तालिमप्राप्त कुकुर, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयसमेत लागेका छन्।
दीपा र उनका छोरा विवेक बागलुङको जैमिनीबाट माइत आएका थिए। उनीहरू दुवैजना पहिरो गएकै दिन घर जाने तयारीमा थिए। तर, बेलुकादेखि नै पानी परेपछि उनी घर जान पाइनन्। अन्ततः बाबुआमासँगै अस्ताइन्।
तुलबहादुरका छोराबुहारी भने अर्को ठाउँमा पसल चलाएर बस्दै आएका थिए। छोराछोरीलाई हजुरआमाबुबासँगै राखेर उनीहरू व्यवसाय गर्दै आएका थिए।
छोराछोरीसँगै आमाबुबालाई छोरा अम्मरबहादुर थापाले दागबत्ती दिए।
एकैपटक आफूलाई जन्मदिएका आमाबुबा र आफूले जन्म दिएका छोराछोरीलाई एकै चिहानमा दागबत्ती दिँदा अम्मर सम्हालिन नसकेको वडाअध्यक्ष तेजप्रसाद उपाध्यय बताउँछन्।
परिवारको एकजना सदस्य निधन हुँदा त निकै पीडा हुन्छ। उनले त पूरै परिवारै गुमाए।
कमलाका श्रीमान विकास विक वैदेशिक रोजगारीका लागि साउदीमा छन्। उनले पनि परिवारका सबै सदस्य गुमाए।

विस्तृत अनुसन्धान हुँदै
वडाअध्यक्ष उपाध्यायले पहिरो जाने कुनै सम्भावना नभए पनि ठूलो मानवीय क्षति पुर्याएको बताउँछन्।
“पूरै गाउँ शोकमा डुबेको छ, यस्तो पहिरो जाने सम्भावनै थिएन”, उनले भने, “पूरै जंगल थियो, कसरी गयो अध्ययन अनुसन्धान प्रक्रिया अगाडि बढेको छ।”
भारी वर्षाका कारण तत्काल जानकारी नपाएको र रातिमा उद्धार गर्न सक्ने अवस्था पनि नभएको वडाध्यक्ष उपाध्याय बताउँछन्।
कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले उक्त वडाका अन्य क्षेत्रमा पनि पहिरो गए पनि मानवीय क्षति भने नभएको बताए।
“त्यो राति धेरै ठाउँमा पहिरो गएको छ। काउँलेमा ठूलो मानवीय क्षति भयाे”, उनले भने, “अन्य ठाउँमा पनि भौतिक क्षति पुगेको छ। अब पहिरोको जोखिममा रहेका वस्तीहरू अन्यत्र सार्नुपर्ने देखिएको छ।”
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले उक्त क्षेत्रको स्थलगत अनुमगन गरेको छ।
कार्यकारी प्रमुख अनिल पोखरेलसहितको टोलीले घटनास्थलमै गएर अनुगमन गरेको हो।
झण्डै दुई किलोमिटरसम्म पहिरो गएको स्थानमा राष्ट्रिय सभाका अध्यक्षसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो।
बाक्लो जंगल भएको त्यो ठाउँमा पहिरो जाने जोखिम नहुँदानहुँदै पनि विध्वंश किसिमले गएको र यसको विस्तृत अध्ययन गरेर मात्र थप कुरा पत्ता लाग्ने पोखरेलले बताए।
“यो ठाउँ कुनै पनि हिसाबले पहिरोको जोखिम हुने ठाउँ होइन। तर, कसरी यस्तो विपद् आइलाग्यो”, उनले भने, “हरियो बाक्लो अनि घना जंगलबाट यति ठूलो पहिरो आउँला भनेर अनुमानसमेत गर्न सकिँदैन।”
उनले यसको विस्तृत अध्ययन गरेर यस्तो विपद्को पूर्वसंकेत दिने केही उपाय पत्ता लगाइने बताए।
उनका अनुसार ४५ घर रहेको उक्त वस्ती अझै पाँच घर पहिरोको जोखिममा छन्।
" /> काठमाडौं। होचो भू-भागमा वस्ती। माथि पूरै जंगलले घेरिएको पहाड। पहिरो जाने अनुमान सहजै लगाउन सकिन्नथ्यो।३१ जेठ बेलुका ६ बजेदेखि मुसलधारे वर्षा भयो। लगातार दुई घण्टासम्मको भारी वर्षाका कारण पूरै पहाड खस्यो।

">