काठमाडौं। नेपालमा आधुनिक मूर्तिकलालाई अगाडि बढाएका कलाकार ठाकुरप्रसाद मैनालीले कलाको विकासमा राज्यले योगदान दिनुपर्नेमा जोड दिएका छन्।
नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले आयोजना गर्दै आएको ‘कलाका कुरा’ को ४१औँ शृंखलामा ६ दशकदेखि आधुनिक मूर्तिकलामा सक्रिय मूर्तिकार मैनालीले विश्वविद्यालय, प्रतिष्ठान, केन्द्र सरकार, प्रादेशिक सरकारले कलाका क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकास गर्नुपर्ने बताए।
समाजका महासचिव देवेन्द्र थुम्केलीको सहजीकरणमा सम्पन्न कार्यक्रममा मैनालीले ललितकला क्षेत्रको संस्थागत विकास गर्दै समृद्ध समाज निर्माणमा कलाकारलाई सहभागी गराउनुपर्नेमा जोड दिए। उनले भने, “समृद्ध समाज निर्माणका लागि कला क्षेत्रको यथोचित विकास गर्नुपर्दछ। साथै यसको क्षेत्र फराकिलो पार्दै स्थानीय सरकारसम्म विस्तार गरिनुपर्दछ।”
उनले विगतमा राज्य तहबाट कलाको महत्त्वलाई ध्यान दिन नसक्दा संस्थागत विकास हुन लामो समय लागेको धारणा व्यक्त गरे। उनले नेपालमा २०२० सालको दशकदेखि मात्र कलाको संस्थागत विकास शुरू भएको स्मरण गरे।
“तत्कालीन युवराज वीरेन्द्र अध्यक्ष रहनेगरी २०२२ सालमा नेपाल ललितकला संस्था (नाफा) स्थापना गरिएको थियो। त्यसको मुख्य उद्देश्य भनेकै नेपाली ललितकला क्षेत्रको विकास गर्नु थियो। यो काम गर्न पनि तीन वर्ष लागेको थियो”, मैनालीले भने।
संवादमा उनले त्यसयताका कलाक्षेत्रका उतारचढावबारे चर्चा गर्दै कलाको विकासमा कहिले राज्य, कहिले केही कलाकार तथा कहिले राजनीतिक माहोलले काम गर्न नदिएको गुनासो गरे। पछिल्लो समय नेपाली कलाको विकासमा केही आशाजनक काम भएको बताउँदै उनले भने, “कलाको संस्थागत विकासका लागि राज्यले लगानीसँगै कलामैत्री वातावरण बनाउनुपर्दछ।”
उनले नेपाली कलालाई देशव्यापी बनाउन खोज अनुसन्धानको कामलाई अगाडि बढाउनुपर्ने जिकिर गरे।
२०१२ सालमा कोलोम्बो प्लानअन्तर्गतको छात्रवृत्तिमा मैनालीले बरौदाको एमएस विश्वविद्यालयमा मूर्तिकला पढे। उनले काष्ठकलासँगै आठ वर्ष लगाएर मूर्तिकला विषयको अध्ययन सकेर स्वदेश फर्केका थिए।
भारतमै अध्ययन गरिरहेका बेला नेपाल आउँदा मैनालीले नेपालमा कलासम्बन्धी शिक्षण संस्था, प्राज्ञिक संस्थालगायतका कुनै पनि संरचना नदेखेपछि सरकारका विभिन्न निकाय तथा दरबारमा अनुरोध गरेका थिए। उनले त्यसबेला दरबारले नभनी केही नहुने देखेपछि धेरैपटकको कोशिसपश्चात् दरबारसम्म पहुँच पुर्याएर कलाको विकासबारे जानकारी गराएको सम्झिए। भने, “तत्कालीन युवराज वीरेन्द्र कला सिक्ने र कलामर्मज्ञ रहेकाले नेपाल ललितकला संस्था (नाफा) स्थापना हुन सहज भयो।”
त्यस संस्थामा आफूले सदस्यसचिव भएर कलाका विविध गतिविधिसँगै पत्रिका प्रकाशन, अन्तर्राष्ट्रिय प्रदर्शनी समेत गरेको मैनालीले बताए। ‘नाफा’ स्थापना भएपछि हरेक महिना कला प्रदर्शनी गरिएको सम्झँदै मैनालीले बेलायतबाट कलाका सामग्री ल्याएर कलाकारलाई सहुलियतमा दिएको जनाए।
तत्कालीन अवस्थामा नाफालाई प्रतिष्ठानकै रूपमा विकास गर्न खोजिएको समेत उनले सम्झिए। उनले कलाको विकासका लागि स्थापना भएको संस्थालाई अनेक जालझेल गरी तत्कालीन प्रज्ञा प्रतिष्ठानमा गाभेपछि यो क्षेत्र निकै पछि परेको धारणा राखे। २४ जेठ २०३४मा नेपाल ललितकला संस्था (नाफा) लाई रोयल नेपाल एकेडेमीमा गाभिएको थियो।
शुरूमा साहित्यमा रूचि भएको सुनाउँदै मैनाली २००८/०९ सालमा सिफलमा हस्तलिखित पत्रिका निकालेको बताए। शुरूमा साहित्य लेखन, सामाजिक सेवा तथा राजनीतिमा सक्रिय रहेका मैनाली भारतको बरोदामा काष्ठकला विषयको छात्रवृत्ति पाएपछि मात्रै कलाक्षेत्रमा प्रवेश गरेको सुनाए।
नेपाली कलाको संस्थागत विकास, आधुनिक मूर्तिकला तथा वातावरणीय/स्मारकीय कलाको विकासमा मैनालीले महत्त्वपूर्ण योगदान दिएका छन्। नेपालमा मूर्तिकलालाई सरकारी भवनमा राख्न अभिप्रेरित गर्ने व्यक्तित्वको रूपमा समेत उनलाई चिनिन्छ। स्मारकीय (मोनुमेन्टल)/वातावरणीय कला तथा पार्कमा मूर्तिकला निर्माण गर्ने श्रेय पनि मैनालीलाई नै जान्छ।
उनले काठमाडौंको रामशाहपथस्थित कृषि विकास बैंकको केन्द्रीय कार्यालय परिसर र त्यस भवनको भित्तामा कृषि विषयका विभिन्न मूर्ति स्थापित गरेका छन्।
त्यस्तै, भृकुटीमण्डपमा रहेको ‘निर्माण’ शीर्षकको ३५ फिट अग्लो मूर्तिलगायत दर्जनौँ मूर्ति देशका विभिन्न स्थानमा उनले बनाएका मूर्ति प्रतिस्थापित छन्। वातावरणीय प्रभाव अनुकूल हुने गरी मैनालीले बनाएका मूर्तिको नेपाल तथा विदेशमा निकै चर्चित छन्। उनले बनाएका मूर्ति नेपालका साथै बेलायत, अमेरिका, भारत, जर्मनी, क्यानडा, चीन, रूस, जापान, बंगलादेश, युरोपलगायतका देशमा पुगिसकेका छन्।
रोयल नेपाल एकेडेमीमा प्राज्ञ परिषद् सदस्यसमेत भएका मैनाली २०६७ सालमा स्थापित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपति बने। साहित्यप्रति समेत रूचि भएका मैनालीको ‘भक्तिको ज्योति’ गीति एल्बम र समर्पण कविता संग्रह प्रकाशित छन्।
उनले नेपाली मूर्तिकलामा नेपालका सामाजिक, सांस्कृतिक, जनजीवन तथा धार्मिक विषयलाई मुख्य बिम्बका रूपमा प्रयोग गरेको पाइन्छ। जस्तै गोरू जोत्न लागेको हली, शिक्षा, स्वास्थ्य, यातायात, खेतीकिसानी र सिँचाइ, नरसिंघा बजाउने मान्छे तथा नेपालको झण्डा आदि विषयलाई कलात्मक रूपमा मूर्तिमा उतारेको पाइन्छ। उनले सिमेन्ट, रड, धातु, प्लास्टर अफ पेरिस, माटोलगायतका माध्यममा मूर्ति बनाउँदै आएका छन्।
" /> काठमाडौं। नेपालमा आधुनिक मूर्तिकलालाई अगाडि बढाएका कलाकार ठाकुरप्रसाद मैनालीले कलाको विकासमा राज्यले योगदान दिनुपर्नेमा जोड दिएका छन्।नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले आयोजना गर्दै आएको ‘कलाका कुरा’ को ४१औँ शृंखलामा ६ दशकदेखि आधुनिक मूर्तिकलामा सक्रिय मूर्तिकार मैनालीले विश्वविद्यालय, प्रतिष्ठान, केन्द्र सरकार, प्रादेशिक सरकारले कलाका क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकास गर्नुपर्ने बताए।

">