कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो, पछिल्लो २४ घण्टामा थपिए ३८० संक्रमित

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३८० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

देशका विभिन्न जिल्लामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कूल संक्रमितको संख्या ६ हजार ५९१ पुगेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताए।

मन्त्रालयका अनुसार हालसम्म देशैभर पीसीआर विधिबाट १ लाख ४३ हजार ७३८ र आरडीटी २ लाख २३ हजार ५१९ नमुना परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा ५ हजार ५५ पीसीआर र ४ हजार १८३ आरडीटी विधिबाट परीक्षण गरिएको छ।

देशैभर क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन्।

आइसोलेसनमा ५ हजार ५३१ जना रहेका छन्। पछिल्लो २४ घण्टामा ११७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्