कैलाली। रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई वाटर प्युरिफायर (फिल्टर) र वाटर डिस्पेन्सर उपलब्ध गराएको छ।
सेती प्रादेशिक अस्पतालअन्तर्गत सञ्चालित अस्थायी कोरोना अस्पतालका बिरामीहरूको सहजताका लागि उक्त सामग्री हस्तान्तरण गरेको क्लबका अध्यक्ष हरिशंकर ठाकुरले बताए।
उनले कोरोना अस्पतालमा रहेका कोरोना संक्रमितलाई शुद्ध र तातोपानी उपलब्ध गराउन करीब ७७ हजार रूपैयाँ बराबरको उक्त सामग्री हस्तान्तरण गरिएको बताए।
अस्पतालका प्रमुख मेसु डाक्टर हेमराज पाण्डेयले उक्त फिल्टर र तातोपानीले कोरोना संक्रमितलाई सहज हुने बताए।
अहिले अस्थायी कोरोना अस्पतालमा २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ।
" /> कैलाली। रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई वाटर प्युरिफायर (फिल्टर) र वाटर डिस्पेन्सर उपलब्ध गराएको छ।सेती प्रादेशिक अस्पतालअन्तर्गत सञ्चालित अस्थायी कोरोना अस्पतालका बिरामीहरूको सहजताका लागि उक्त सामग्री हस्तान्तरण गरेको क्लबका अध्यक्ष हरिशंकर ठाकुरले बताए।

">