बर्दियाका ९ र बाँकेका थप एकजनामा कोरोना संक्रमण
<p>बाँके। बाँके र बर्दियाका गरी थप १० जनामा कोरोना संक्रमण देखिएको छ।</p>
<p>भेरी अस्पताल नेपालगञ्जका अनुसार बाँकेका एक र बर्दियाका ९ जनामा संक्रमण पुष्टि भएको हो।</p>
<p>अस्पतालका अनुसार बर्दियामा मधुवनका तीन, बढैयातालका चार, राजापुर र ठाकुरबाबाका एक/एकजनामा संक्रमण देखिएको हो।</p>
<p>त्यस्तै बाँके कोहलपुरका एकजनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
