काठमाडौं। लगातार आठौंपटक जर्मन बुन्डेसलिगाको उपाधि जित्न एक जित पर्याप्त हुने बायर्न म्युनिख आज वेर्डर ब्रेमनको भ्रमणमा निस्कँदैछ।
आज राति हुने उक्त खेलमा बायर्नले विजय हासिल गरे जारी सिजनको लिग उपाधि पक्का गर्नेछ।
लिगमा अब तीन खेल बाँकी छन्। तर, वेर्डर ब्रेमनमाथि जित निकाले बायर्नलाई बाँकी दुई खेलको नतिजाले कुनै फरक पार्ने छैन। किनकी बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई सात अंकले पछि पारेको छ।
आज नतिजा आफ्नो पक्षमा पारे दोस्रो स्थानको डर्टमण्डले अबका सबै खेल जिते पनि बायर्नलाई भेट्टाउन सक्दैन।
भाेलि डर्टमण्डले मेइन्जसँग पराजित भयो भने बायर्न आज बराबरीमा रोकिए पनि उपाधि पक्का गर्नेछ। बायर्न पराजित भएमा बुन्डेसलिगाको उपाधि होड अझ खुला हुनेछ।
बायर्नका प्रशिक्षक हान्सी फ्लिकले वेर्डर ब्रेमनविरुद्ध खेल गणतीयरूपमा मात्र नलिने बताएका छन्।
‘‘हामीले पछिल्लो समय जुन लय समातेका छौं। त्यसलाई आजको खेलमा पनि निरन्तरता दिन चाहन्छौं। हामी तीन अंक लिन चाहन्छौं। जसले उपाधि पक्का गर्नेछ। त्यो हाम्रो लागि अझ राम्रो हुनेछ’’, बायर्नका प्रशिक्षक फ्लिकले भने।
गत डिसेम्बरमा बायर्नले वेर्डर ब्रेमनसँग घरेलु मैदानमा ६-१ को नतिजा निकालेको थियो। बायर्न उपाधि पक्का गर्ने होडमा हुँदा वेर्डर ब्रेमन भने रेलिगेशनबाट माथि उक्लने लक्ष्यमा हुनेछ। वेर्डर ब्रेमन २८ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ।
वेर्डर ब्रेमनले यसअघि लिगको पुछारमा रहेको पाडरबर्नमाथि ५-१ को विजय हासिल गरेको थियो। वेर्डर ब्रेमन रेलिगेशन क्षेत्रमा भए पनि रेलिगेशन प्लेअफ क्षेत्रमा रहेको डुसेलडर्फसँग अंक बराबर छ। बुन्डेसलिगामै रहन वेर्डर ब्रेमनका लागि अबका सबै खेल फाइनल जस्तै हुनेछन्।
‘‘बुन्डेसलिगामा रहनको लागि हामीले खेल जित्नै पर्छ। हामी जसरी भए पनि रेलिगेशन क्षेत्रबाट माथि आउन चाहन्छौं। त्यसका लागि हामी सबै अस्त्र प्रयोग गर्नेछौं’’, वेर्डर ब्रेमनका प्रशिक्षक फ्लोरियन कोफेल्डले भने।
निलम्बनका कारण अघिल्लो खेल गुमाएका फरवार्ड रोबर्ट लेवन्डस्की र थोमस मुलर वेर्डर ब्रेमनविरुद्ध टीममा फर्कनेछन्। तथापि थियागो, निकलस सुले, फिलिप कोटिन्हो र कोरेन्टिन टोलिसो बायर्नको टीममा उपलब्ध हुने छैनन्।
त्यस्तै जाभी मार्टिनेज, जोशुवा जिर्कजी र इभान पेरिसिचको अवस्था पनि शंकास्पद छ।
" /> काठमाडौं। लगातार आठौंपटक जर्मन बुन्डेसलिगाको उपाधि जित्न एक जित पर्याप्त हुने बायर्न म्युनिख आज वेर्डर ब्रेमनको भ्रमणमा निस्कँदैछ।आज राति हुने उक्त खेलमा बायर्नले विजय हासिल गरे जारी सिजनको लिग उपाधि पक्का गर्नेछ।

">