औबमेयाङ आर्सनलमै बस्‍नेमा प्रशिक्षक आर्टेटा विश्वस्त
काठमाडौं। आर्सनलका मुख्य प्रशिक्षक माइकल अर्टेटा ३० वर्षे पिइरे–इमिरिक औबमेयाङले क्लबसँग नयाँ सम्झैता गर्ने विश्वास व्यक्त गरेका छन्।

आर्सनलसँग औबमेयाङको सम्झाैता २०२१ जुनमा समाप्त हुनेछ।

यस्तो अवस्थामा औबमेयाङलाई आर्सनलमा बस्दा के फाइदा हुन्छ भनेर सम्झाउनुपर्ने अर्टेटाको बताउँछन्।

‘‘उनले यहाँ बस्दाको महत्त्व बुझ्नु पर्दछ। उनले यो क्लब हाम्रो हो भन्ने विश्वास गर्नुपर्छ र हामी उनलाई चाहन्छौं भन्ने बुझ्नुपर्छ’’, आर्टेटाले भने।

गाबोनका फरवार्ड औबमेयाङले क्लबसँगको नयाँ सम्झाैताबारे निर्णय लिनु करिअरकै महत्त्वपूर्ण हुने बताएका थिए। जर्मन बुन्डेसलिगाको टीम बोरुसिया डर्टमण्डबाट २०१८ मा आर्सनल आएका औबमेयाङले ९७ खेलमा ६१ गोल गरिसकेका छन्।

आर्टेटाले थपे, ‘‘अहिलेको अवस्थामा उनले जुन प्रदर्शन र व्यवहार गरेका छन्, त्यसबाट म धेरै खुशी छु। म उनीसँग राम्रो सम्बन्ध कायम राख्न चाहन्छु। हामी आमनेसामने बसेर छलफल गर्न सक्छौं। उनी क्लबमा खुशी छन् भन्नेमा म विश्वस्त छु।’’

आर्टेटाले यस्तो बताइरहँदा औबमेयाङले भने फ्रान्सको एक फुटबल कार्यक्रममा क्लबले आफूलाई कुनै प्रस्ताव नगरेको बताएका थिए।

‘‘मैले केही महिनाअघि क्लबसँग कुरा गरेको थिएँ। तर, अहिलेसम्म किन केही भएको छैन भनेर उहाँहरूलाई नै सोध्नुपर्छ’’, औबमेयाङले भने, ‘‘यो मेरो करिअरको महत्त्वपूर्ण क्षण हो। र, म सबैसँग इमान्दार हुन चाहन्छु। साँचो उनीहरूसँग छ। म क्लबमा बस्ने नबस्ने उनीहरूको काममा निर्भर गर्छ। हेरौं के हुन्छ। पक्कै पनि मलाई यो समय निर्णय गर्न निकै कठिन हुनेछ।’’

कोभिड–१९ महमारीका कारण लिग स्थगित हुनुअघि आर्टेटाले औबमेयाङलाई कुनै पनि हालतमा क्लबमै राख्ने बताएका थिए। उनले सिजन सकिनुअघि नै क्लबले उनीसँग नयाँ सम्झैताका लागि कुरा गर्ने बताएका थिए।

औबमेयाङलाई बार्सिलोना र इन्टर मिलानले चासो देखाइराखेका छन्।

आर्सनल अहिले इङ्लिस प्रिमियर लिगको नवौं स्थानमा छ। प्रिमियर लिग पुनः शुरू हुँदा आर्सनलले भाेलि दोस्रो स्थानको म्यानचेस्टर सिटीको भ्रमण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्