कुनै पनि अभ्यास प्रभावकारी हुँदैन। त्यसलाई त प्रभावकारी बनाउनुपर्छ। टेलिभिजनबाट एकघण्टाको भाषण ठोकेर प्रभावकारी सिकाइ हुँदैन। पाँच मिनेट, दश मिनेट जति टेलिभिजनमा भिडिओ सामग्री देखाउने, अनि बालबालिकालाई के कुरा सिकियो भनेर सोध्ने। उनीहरूले आफ्नो किसिमले कुराकानी गर्छन्। उनीहरूलाई गृहकार्य दिने गर्दा टेलिभिजन शिक्षा प्रभावकारी हुन्छ।
अनलाइन प्रणाली पनि त्यस्तै हो। घण्टौं लगाएर पढाइमात्र रहँदा न त बालबालिकाले केही सिक्ने मौका पाउँछन्, न त उनीहरू त्यति समय टिक्न धैर्य हुन्छन्। स-साना बालबालिकाले १५ मिनेटभन्दा बढी धैर्य गर्न सक्दैनन्। ९-१० कक्षामा अध्ययरत विद्यार्थीले पनि ३०-४० मिनेटभन्दा बढी धैर्य गर्न सक्दैनन्। यी तथ्य त्यही अनुसारको कार्यक्रम बनाउँन सकियो भने वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ।
गरिब बालबालिकासम्म पुग्ने गरी शिक्षकले सामग्री बनाए कि बनाएनन् ? त्यो प्रमुख कुरा हो। शिक्षकले बनाएको सामग्रीले विद्यार्थी सिकाइलाई प्रभाव पार्यो कि पारेन ? त्यो हेर्नुपर्छ।
बालबालिकालाई चाहिने खालको सामग्री शिक्षकलाई बनाउन लगाऔं। शिक्षकले बनाएको सामग्रीलाई पालिकाले प्रिन्ट गर्ने लगायतका आवश्यक तयारी गरौं। रेडियो, टेलिभिजन मार्फत् जाने सामग्री काँटछाँट गरेर विद्यार्थीले बुझ्ने भाषामा बनाऔं। एउटा उदाहरण भनिहालौं, एक बालिकाले ‘अनलाइन मनै परेन’ भनिन्। ‘सरले छिटो छिटो भन्नुहुन्छ, त्यो मैले बुझ्दै बुझिन, अनि त्यो नोट गर भन्नहुन्छ। मैले बुझ्दै नबुझेको कुरा कसरी नोट गने ?’ उनको गुनासो थियो। बच्चाहरूलाई अनलाइन कक्षामा यस्तो प्रकारको समस्या देखिन्छ। त्यसकारण बालबालिकालाई के-केमा गाह्रो भइरहेछ भन्ने बुझ्नपर्छ। कहाँनेर गाह्रो भयो? अब के गर्ने ? त्यसको अध्ययन हुनुपर्छ।
अहिले शिक्षामन्त्रालयले जे भनिरहेको छ, त्यो बेइमानी हो। शिक्षा मन्त्रालयले बनाएको पाठ्यक्रम नै पढाउनुपर्ने भनिरहेछ। त्यो सबै ठिक छ भन्न कसरी सकिने? उसले बनाएको कुरा नै सबैले बोक्नुपर्छ भन्ने बुद्धि काम लाग्दैन। शिक्षकले जिम्मेवारी बोकेन भने यो पाठ्यक्रम कामै लाग्दैन। यसरी नै अगाडि बढ्ने हो भने शैक्षिक सत्र त्यत्तिकै खेर जानसक्छ। त्यसमा जिम्मेवार को बन्ने?
त्यसका लागि सबैभन्दा पहिला अनलाइन प्रभावकारी भयो कि भएन भनेर परीक्षा गर्नुपर्छ। त्यसमा के सुधार गर्न सकिन्छ त्यो गर्नुपर्छ। शिक्षक र विद्यार्थी दुवैलाई उत्साह थप्नुपर्छ।
अनलाइन, रेडियो, टेलिभिजन तथा स्वअध्ययन सामग्री र पाठ्यपुस्तक घर-घर पुर्याउँदा विद्यार्थीमा विभेदको अवस्था सिर्जना भएको भनिएको छ। यो त पहिलादेखिनै थियो नि। बरु यसलाई कसरी कम गर्न सकिन्छ भन्नेतिर ध्यान दिनुपर्यो। सबैलाई अनलाइनको पहुँचमा कसरी पुर्याउने? त्यसका लागि डाटा प्याकेजको व्यवस्था गर्ने कि ? विद्यार्थीहरूलाई सूचना प्रविधिमा सहज पहुँच गराउने लगायतका विषयमा काम गर्न सकिन्छ। हाम्रै हातको पाँच वटा औलाको कुरा गर्दा त्यहाँ पनि त विभेद नै छ। एउटा औला मोटो छ, अर्को ओला छोटो छ। तर, सबै औला मिलाए मात्र पेटमा खाना पुर्याउन सकिन्छ। हो त्यस्तै हो।
जुन बालबालिकासँग वैकल्पिक सिकाइका लागि साधनस्रोत छैन त्यो व्यवस्था गरिनुपर्छ। शिक्षकले सामग्री बनाएर विद्यार्थीलाई दिनुपर्छ। त्यसका लागि शिक्षक र विद्यार्थी दुवैलाई प्रोत्साहन दिनुपर्छ।
साथै विद्यार्थीलाई घर, गाउँमै उपलब्ध सरसामग्रीमा आधारित रहेर सिकाउन सकिन्छ। जस्तै, तिम्रो बाजेबज्यैले के खाए? तिम्रा बाबुआमाले के के खाए? तिमीले के के खायौ? त्यो सूची बनाउ भन्यो भने बालबालिकाले बनाउँछन्। विद्यार्थीले बनाएको सूचीबाट तीनपुस्ताको खाना थाहा हुन्छ। त्यो खाना कहाँबाट आयो? बजारमा कहाँबाट आयो? यो पैसा कहाँ जान्छ? यो कहाँबाट बन्छ होला? भारतबाट आउँछ कि? चीनबाट आउँछ कि? वा अन्य मुलुकबाट आउँछ? यस्तो प्रश्नले विद्यार्थीमा सोधिखोजी गर्ने क्षमताको विकास हुन्छ। त्यसपछि अब हामी आफैंले उत्पादन गरेर खाना कसरी पकाउने भन्ने विषय पनि विद्यार्थीलाई सोच्न लगाउनुपर्छ। जसले गर्दा विद्यार्थीले सहजे बुझ्न सक्छन्।
बिस्तारै कोरोना महामारी कम भएपछि भौतिक दूरी कायम गराउँदै विद्यार्थीलाई विद्यालयमै बोलाएर अनलाइनबाट सिकेका, टेलिभिजनबाट सिकेका, रेडियोबाट सिकेका र स्वअध्ययन तथा पाठ्यपुस्तकबाट सिकेका विषयमा छलफलको वातावरण बनाउन सकिन्छ। त्यसले गर्दा एकले सिकेको कुरा अर्कोलाई जानकारी गराउँदा झन प्रभावकारी शिक्षण हुन्छ।
सामुदायिक विद्यालयका विद्यार्थीलाई रेडियो नै उपयुक्त विकल्प हो
अहिलेको अवस्थाले विभेद ल्याउँछ भन्नु भन्दा पनि पहिले नै समाजमा विभेद व्याप्त थियो। महामारीले त्यसलाई अलि बढी प्रष्ट्याएको मात्र हो। सामुदायिक विद्यालयमा अध्ययनरत १२ प्रतिशत विद्यार्थीसँग मात्र सूचना प्रविधिको पहुँच छ। जसले गर्दा पनि अहिलेको अध्ययन प्रणालीले विभेद ल्यायो भन्न मिल्दैन। यो त पहिलादेखि नै थियो।
अर्को कुरा इन्टरनेटको पहुँचमा पुगेका बालबालिका पनि इन्टरनेट स्लो हुने, डाटा प्याकेज महँगो हुनेजस्ता समस्या छ। इन्टरनेटको पहुँच भए पनि उनीहरूले अर्को खालको समस्या भोग्दै आएका छन्।
सरकारले थालेको वैकल्पिक सिकाइको योजना दशैं, तिहारसम्म जानसक्छ। यस्तो अवस्थामा नीजि विद्यालयमा पढ्ने विद्यार्थीसँग कुनै न कुनै खालको पहुँच होला तर सामुदायिक विद्यालयका विद्यार्थीलाई भने ठूलै प्रभाव पार्छ। त्यसका लागि रेडियो र टेलिभिजन शिक्षण प्रणालीलाई नै थप प्रभावकारी बनाउनु नै सबैभन्दा उत्तम हुन्छ। अरु सञ्चारमाध्यम भन्दा पनि रेडियो र टेलिभिजनको पहुँच बढी छ। त्यसैले अनलाइन भन्दा पनि यसलाई बढी प्राथमिकता दिनुपर्छ।
अहिलेको शिक्षण प्रणालीलाई सूचना प्रविधिमैत्री बनाउँदै लग्यौं भने यसलाई दीर्घकालसम्म लैजान सकिन्छ। नत्र अहिलेकै अवस्थामा यो दीर्घकालिन बन्न सक्दैन। पठनपाठन विधिलाई इन्टरनेटसँगै जोडेर अगाडि बढ्नुपर्छ।
खोजेजस्तो परिणाम नआउन सक्छ
यो महामारीले शिक्षण क्षेत्र निकै प्रभावित भइरहेको छ। विश्वमा डेढ अर्ब विद्यार्थी तथा ७० करोड शिक्षक प्रभावित बनेका छन्। अहिले शिक्षाको भविश्य नै तहसनहस हुन्छ कि भन्ने चिन्ता छ। यस्तो अवस्थामा वैकल्पिक व्यवस्था गरिनु एकदमै राम्रो हो। तर, हाम्रो जस्तो गरिबी तथा सूचना प्रविधिको पहुँच कम भएको देशमा यसरी शिक्षण गराउनु भनेको एकदमै असहज हुन्छ। त्यसैले अहिले नै एकदमै प्रभावकारी होला भन्ने मलाई लाग्दैन। यसले भविश्यका लागि आधार भने निर्माण गरेको छ।
बिजुलीको अनियमितता, इन्टरनेटको पहुँच नहुनु, घरमा रेडियो, टेलिभिजन जस्ता साधनको अभावले गर्दा विद्यार्थीमा समस्या देखिएको छ। झन् तीन महिने लकडाउनका कारण आर्थिक अवस्था पनि अत्यन्तै कमजोर भएको छ। यस्तो अवस्थामा सबैले वैकल्पिक शिक्षालाई सहज रूपमा लिन सक्दैनन्। नयाँ खर्च गर्न सक्ने क्षमता पनि छैन। तैपनि केही नहुनुभन्दा त अलिकति भए पनि होस् भन्ने हो।
लकडाउनका कारण विद्यार्थीले पाठ्यपुस्तक नै विर्सिसकेको अवस्थामा यो विकल्पले विद्यार्थी र शिक्षकलाई शिक्षासँग जोड्छ। तर, जुन किसिमको परिणाम खोजिएको हो त्यो आउँछ भन्नेमा त शंकै लाग्छ। विद्यालयमा गएर पढ्नु भनेको विद्यार्थीले पढ्नुमात्र नभएर उनीहरूको सामाजिक विकास पनि हुने हो। तर, अहिले त्यो भने हुन पाउँदैन।
अहिलेको अवस्थामा वैकल्पिक शिक्षण सहजिकरणले विद्यार्थीको शारीरिक विकास नभए पनि मानसिक विकासमा भने केही प्रभाव पार्छ।
विद्यार्थीलाई मानसिक समस्या पर्न सक्छ
तत्काल विद्यालय खुल्ने सम्भावना नभएकाले यसलाई सबैले सकारात्मक नै लिनुपर्छ। विद्यार्थीहरू लामो समयदेखि ग्याप भएकाले उनीहरूको बानी व्यहोरा नै परिवर्तन भएको, पढ्ने बानी हटिसकेकाले यसले सिकाइमा उत्प्रेरित गर्नसक्छ। विद्यार्थीमा अब पढ्नुपर्छ, हामी सामान्य अवस्थामा फर्किंदैछौं भन्ने मान्यताको विकास हुन्छ। जसले गर्दा उनीहरूलाई तनावबाट पनि मुक्त गराउँछ। लामो समयदेखिको लकडाउनका कारण अब के हुने हो भन्ने अलमलमा रहेका विद्यार्थीलाई अब सहज हुनलाग्यो भन्ने सन्देश पनि जान्छ।
कतिपय विद्यार्थीलाई यसले असर पनि गर्ने देखिन्छ। लामो समयसम्म इन्टरनेटमा बस्नुपर्दा उनीहरूको आँखामा समस्या आउने, स्वास्थ्य असर पर्ने पनि हुनसक्छ। कतिपयलाई इन्टरनेटको पहुँच छैन भनेर थप तनाव पनि सिर्जना भएको देखिन्छ। यस्तो अवस्थामा विद्यार्थी तनावमा जाँदा मानसिक रोगको पनि सिकार बन्न सक्छन्।
अर्को कुरा यी साधनको पहुँचमा नरहेका विद्यार्थीमा मेरो पढाइविग्रिने भयो, अब के गर्ने होला? भन्ने जस्ता कुरा मनमा खेलाएर हिनताबोध पनि सिर्जना गराउँछ। यसले उनीहरूका अभिभावकहरूलाई पनि तनाव दिनसक्छ। यस्तो अवस्थामा उनीहरूलाई सम्झाई बुझाई गर्ने, उनीहरूको स्वास्थ्यको ख्याल गर्ने गर्नुपर्छ। यस्ता समस्यालाई शिक्षक तथा अभिभावकले नजिकबाट नियालेर समाधान गर्नुपर्छ।
तराईका विद्यार्थी पहुँचबाट टाढा छन्
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई यसले खासै प्रभाव पार्दैन। उनीहरूमा झन् नराम्रो असर मात्र पार्छ। उनीहरूसँग रेडियो, टेलिभिजन, इन्टरनेट जस्ता साधनको सुविधा छैन। महंगो इन्टरनेट किन्ने क्षमता पनि छैन।
रेडियो तथा स्वअध्ययन सामग्रीका लागि पनि विद्यार्थीका घर-घरमा पुग्न सक्नुपर्यो। त्यसबारे जानकारी हुनुपर्छ। जुन कुरा तराई त्यसमा पनि प्रदेश २ मा पहुँच भन्दा एकदमै टाढा छ। सरकारले भनिरहेको सिकाइ प्रणाली ढंगबाट कार्यान्वयनमा जान्छ भन्ने मलाई लाग्दैन।
रेडियोको पहुँच अलि बढी भएकाले त्यसबाट हुने पढाइअलि राम्रो होला। यसमा पनि घरमा एउटा मात्र रेडियो वा मोवाइल फोन हुन्छ। त्यो घरमा ४-५ बालबालिका छन् भने कसरी रेडियोबाट पढ्ने? यो तराईको समस्या हो। सिरहा, सप्तरीसहित २ नम्बर प्रदेशमा यो समस्या व्याप्त छ।
अहिले सबैजना कोभिड-१९ महामारीसँग जुधिरहेका छन्। त्यस्तो अवस्थामा सबैको ध्यान त्यहीतिर छ। घरमा भएका कोही सदस्य क्वारेन्टाइनमा बसिरहेका छन्। कोही भने त्यसको व्यवस्थापनमा जुटिरहेका छन्। बालबालिकालाई मनिटरिङ गर्न पनि समस्या छ।
वैकल्पिक शिक्षण सहजीकरणका पाँच विधिमध्ये रेडियोलाई अरूभन्दा प्रभावकारी मान्न सकिन्छ। त्यसमा पनि सबै बालबालिकाले छिट्टै बुझ्न सक्दैनन्। शिक्षकहरूले नै घर घरमा गएर विद्यार्थीहरूलाई सहजीकरण गरिदिनुपर्छ।
" />कुनै पनि अभ्यास प्रभावकारी हुँदैन। त्यसलाई त प्रभावकारी बनाउनुपर्छ। टेलिभिजनबाट एकघण्टाको भाषण ठोकेर प्रभावकारी सिकाइ हुँदैन। पाँच मिनेट, दश मिनेट जति टेलिभिजनमा भिडिओ सामग्री देखाउने, अनि बालबालिकालाई के कुरा सिकियो भनेर सोध्ने। उनीहरूले आफ्नो किसिमले कुराकानी गर्छन्। उनीहरूलाई गृहकार्य दिने गर्दा टेलिभिजन शिक्षा प्रभावकारी हुन्छ।

">