इस्लामावादमा भारतका दुई कूटनीतिक कर्मचारी बेपत्ता
<p>नयाँदिल्ली। पाकिस्तानको राजधानी इस्लामावादस्थित भारतीय उच्चायोगका दुई कूटनीतिक कर्मचारी हिजो बिहानदेखि बेपत्ता छन्।</p>
<p>बिहान ८ बजे आफ्नो निवासबाट कार्यालय जान निस्केका उनीहरू बाटोबाटै बेपत्ता भएका हुन्।</p>
<p>अनलाइन न्युजपोर्टल ‘द प्रिन्ट’का अनुसार भारतीय दूतावासले पाकिस्तानी विदेश मन्त्रालयसँग यो विषय उठाएको छ। र, भारतीय विदेश मन्त्रालयमा जानकारी पठाएको छ।</p>
<p>भारतले दुई पाकिस्तानी कूटनीतिक कर्मचारीमाथि जासूसीको आरोप लगाउँदै देश निकाला गरेको दुई सातापछि उक्त घटना भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
