गाउँमा कोभिड-१९ बारे अध्ययन गरौंः भारत सरकार
नयाँदिल्ली। भारत सरकारले कलेजहरूलाई कोभिड-१९ बाट अति प्रभावित गाउँहरूमा पुगेर अध्ययन गर्न आग्रह गरेको छ।

त्यसबाट सन् १९१८ मा एच१एन१ भाइरसको महामारी र स्पेनिस फ्लु नियन्त्रणमा लिन अपनाइएका विधिबारे जानकारी हुने सरकारको आकलन छ।

१२ जुनमा देशभरका कलेजलाई पत्र लेख्दै सरकारले यस्तो आग्रह गरेको हो। सरकारका तर्फबाट विश्वविद्यालय अनुदान आयोगले कोभिड-१९ महामारीको प्रभाव विश्लेषण गर्न आग्रह गरेको छ।

आ-आफ्नो क्षेत्रका ५-६ वटा गाउँमा पुगेर गम्भीर अध्ययन गर्न कलेजहरूलाई आयोगले आग्रह गरेको छ।

अनलाइन न्युजपोर्टल ‘द प्रिन्ट’का अनुसार गाउँहरूले कोभिड-१९ को चुनौतिमाथि विजय पाउन अपनाएका रणनीतिहरूबारे विस्तृत खोजी गर्न आयोगले आग्रह गरेको छ।

त्यस क्रममा सन् १९१८ को स्पेनिस फ्लुको प्रभावबारे पनि अध्ययन गर्न भनिएको छ। “त्यस महामारीबाट निस्किन तत्कालीन भारतले अपनाएका रणनीतिबारे पनि जानकारी संकलन गर्नु आवश्यक छ,” आयोगको पत्रमा भनिएको छ।

उक्त महामारी पहिलो विश्वयुद्धको अन्तिमतिर शुरु भएको थियो। कोभिड-१९ जस्तै त्यो पनि श्वासप्रश्वासको बिमारी थियो।

कलेजहरूलाई अनुसन्धान दल खडा गर्न आग्रह गरिएको छ, जसको रिपोर्ट ३० जुनसम्ममा सरकारलाई बुझाउनुपर्नेछ।

अधिकारीहरूका अनुसार गाउँको तुलनामा शहरी इलाकामा कोरोना भाइरस संक्रमणको जोखिम १.०९ गुणा ज्यादा छ।

प्रतिक्रिया दिनुहोस्