गण्डकी प्रदेशमा थपिए १८ संक्रमित
<p>काठमाडौं। गण्डकी प्रदेशमा १८ जना कोरोना संक्रमित थपिएका छन्।</p>
<p>सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका अनुसार तीमध्ये गोरखाका १०, स्याङ्जाका ४, नवलपरासी बर्दघाट सुस्ता पूर्व २, कास्की १ र बाग्लुङका १ जना छन् ।</p>
<p>गोरखाका १० मध्ये एक महिला छिन्। संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएको र सम्बन्धित जिल्लाको क्‍वारेन्टाइनमा रहेको निर्देशनालयले जनाएको छ।</p>
<p>संक्रमण पुष्‍टि भएपछि उनीहरूलाई आइसोलेसनमा राख्‍ने तयारी भइरहेको छ। योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या दुई सय २३ पुगेको निर्देशनालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
