सञ्जीवनीको यो चित्र फेसबुक र इन्स्टाग्राममा ‘पायल-सपना पेन्ट्स’ अकाउन्टबाट सर्वाजनिक भएको छ। चित्रकारद्वय पल्लभी पायल र सपना सञ्जिवनीको संयुक्त अकाउन्ट हो त्यो। उनीहरू पालैपालो यो अकाउन्टबाट मिथिला कला शैलीमा बनेका चित्रहरू पोस्ट गर्छन्।
परम्परागत रूपमा बनाइने मिथिला कलाको शैली भन्दा फरक छैन उनीहरूले बनाउने चित्रको कलाशैली। तर विषयवस्तु भने नितान्त फरक छन्। मिथिलाञ्चलको विशिष्टता हो, मिथिला कला। यसलाई रेखाचित्र पनि भन्ने गरिन्छ। आधुनिक चित्रकलामा प्रकाश र छाँयाको माध्यमबाट आकृति छ्टयाइन्छ भने मिथिला कलामा त्यसका लागि रेखाको प्रयोग गरिन्छ।
सन् १९३४ मा भारतमा भुकम्प आएपछि अध्ययनका लागि आएका बेलायती अध्येता विलियमले मधुवनी क्षेत्रमा देखेपछि मधुवनी कलाको रूपमा मिथिला कलालाई विश्वभर चिनाएका थिए। तर, धेरै पहिलेदेखि नै मिथिला कला मिथिलाञ्चलको लोकजीवनमा प्रचलित छ। मिथिलाञ्चलका सबैजसो महिला मिथिला कला सिकेरै हुर्किन्छन्। त्यसैले पुरानो हो मिथिला कलाको परम्परा।
नेपालमा मिथिला चित्रकला जनकपुरधाम क्षेत्रमा प्रचलित छ। मैथिली भाषा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीसहित प्रदेश १ र २ का विभिन्न जिल्लाहरूमा बोल्ने गरिन्छ। यही भाषाभाषीहरूले यो कला कोर्ने गर्छन्। मिथिलाका महिलाले भुइँ र घरका भित्तामा पुरानो लुगा र रुवाले बत्ती बनाई प्राकृतिक रंग प्रयोग गर्दै पारलौकिक र लौकिक मिथिला चित्रकला बनाउँदै आएका छन्। उनीहरूको चित्रमा प्रायः विष्णु, राम, सीता, राधा, महादेव आदि पात्रहरू हुन्छन्। उनीहरूको परालौकिक धार्मिक चित्र, जीवन र प्रकृतिलाई आधार बनाई लौकिक चित्र कोर्ने परम्परा अझै पनि कायम नै छ। साथै विवाहमा दुलहा-दुलहीको कोठा, ब्रतबन्ध लगायतमा कोहबर चित्रले घर सजाइन्छ।
पल्लभी र सपनाले बनाउने चित्रमा यस्ता परालौकि धार्मिक चित्र देखिँदैन। उनीहरूले समसामयिक जनजीवनको विषयलाई चित्रहरूमा उतारेका छन्। समलैंगिकता मात्रै नभई उनीहरूले चित्रमार्फत् विभिन्न विषयलाई उजागर गरेका छन्।
उनीहरूको विषयवस्तुलाई मिथिला कलामा भएको क्रान्ति भन्न सकिन्छ। उनीहरूका चित्रमा पुराणकालिन ‘समर्पित’ महिला होइनन्, वर्तमानका स्वतन्त्र र उन्मुक्त महिला पाइन्छन्। कुनै चित्रमा साइकल चलाइरहेकी बालिका देखिन्छिन् भने कुनैमा खोला किनारमा निर्वस्त्र टोलाइरहेकी युवती। पिङमा मच्चिँदै गरेकी युवती होस् या नाकमा फुली लगाएका पुरुष, टेबुलको वरिपरि बसेर वाइन पिउँदै, गफ गर्दै गरेका महिलाहरूको समुह होस् या मिडल फिंगर देखाएर उभिरहेकी महिला, सबै चित्रले मिथिला कलाको पुरानो विषयवस्तुको ‘चौकठ’ नाघेका छन्। आखिर किन यस्तो आमूल परिवर्तन त ?
पल्लभी भन्छिन्, “पुरानै कुरा गरिरह्यो भने कला मर्छ। त्यसैले किन यसलाई फेरी नयाँ अन्दाजमा नबनाउने भनेर सोचेपछि यो थिममा कला बनाउने सोच आएको हो।”
पल्लभीका लागि कला भावनाहरू अभिव्यक्त गर्ने एउटा माध्यम हो। त्यसैले परम्परागत कला शैलीलाई समातेर उनीहरू आफ्नो भावना चित्रमार्फत् व्यक्त गर्छन्।

चित्रकार पल्लभी पायलको जन्म काठमाडौंमा भएको हो। तर उनको खास घर पर्सा हो भने मामाघर सप्तरी। त्यस्तै सपनाको घर जनकपुर हो।
भुईमा वा घरका भित्ताहरूमा विभिन्न चित्र बनाएको देखेरै पल्लभी र सपनाको बाल्यकाल हुर्किएको थियो। हजुरआमा, आमाले विभिन्न चाडपर्वहरूमा बनाएका चित्र देखेरै उनीहरूले पनि चित्र बनाउन सिके। पल्लभीलाई सानोमा ती चित्रको विभिन्न रंगहरूले आकर्षित गर्थ्यो। चित्र बनाउने शैली मनपर्थ्यो।
अध्ययनका क्रममा डेनमार्क पुग्दा पल्लभीले त्यहाँ कलाबारे थप अध्ययन गर्ने मौका पाइन्। नेपाल आएपछि सपनासँग मिलेर प्रदेश २ मा मिथिला कलाबारे अध्ययन गरिन्। त्यसबाट उनीहरूलाई थाहा भयो, मिथिला कलामा नयाँ प्रयोग पहिले पनि भएको रहेछ। त्यसपछि उनीहरूलाई थप हौसला मिल्यो। लकडाउनको समयमा उनीहरू काठमाडौंमा बसेर मिथिला कला गरिरहेका छन्। यस्ता फरक किसिमको मिथिला कला बनाउन खोजेको घरमा भनेपछि परिवारको पनि साथ पाएका छन्।
उनीहरू आफ्नो कलाको माध्यमबाट समाजले वर्तमान अवस्था बुझोस् भन्ने चाहन्छन्। अहिले पनि नेपाली समाजमा समलैंगिकता जस्ता मुद्दाहरूलाई सहज रूपमा स्वीकारिएको छैन। महिलाहरू घरभित्र बाहिर असुरक्षित छन्। मानिसले उपभोग गर्नुपर्ने स्वतन्त्रता व्यक्ति अनुसार फरक गरिन्छन्। त्यसैले समाजमा भएका यस्ता विविध विभेदलाई बुझ्न मद्दत चित्रहरूले गर्ने उनी बताउँछिन्। पल्लवी भन्छिन्, ‘म यही मिथिला क्षेत्रको भएकाले मैले यसमा नयाँ तरिकाले बनाउन स्वाधिकार पाएको छु।’
उनीहरूको यस्ता चित्रलाई सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आउने गरेको छ। धेरैजसोले समर्थन गरेका छन् भने मिथिला कलाको सभ्यता र संस्कारलाई परिवर्तन गरेको भनेर असन्तुष्टि पोखेका छन्। पल्लभी भन्छिन्, “त्यस्तो नराम्रो कमेन्ट त आएको छैन। कुनै आयो भने पनि हामी बुझाउने कोशिस गर्छौं। उहाँहरूले बुझ्नुहुन्छ।”
अबका चित्रमा प्रवासी नेपाली वा घरेलु हिंसाको आकृति उतार्नेबारे सोचिरहेको पल्लभीले बताइन्। भन्छिन्, “हामी चित्रमार्फत् बोल्न छोड्दैनौँ।”
" />सञ्जीवनीको यो चित्र फेसबुक र इन्स्टाग्राममा ‘पायल-सपना पेन्ट्स’ अकाउन्टबाट सर्वाजनिक भएको छ। चित्रकारद्वय पल्लभी पायल र सपना सञ्जिवनीको संयुक्त अकाउन्ट हो त्यो। उनीहरू पालैपालो यो अकाउन्टबाट मिथिला कला शैलीमा बनेका चित्रहरू पोस्ट गर्छन्।

">