बेइजिङमा फेरि कडा लकडाउन

बेइजिङ। कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि चीनको राजधानी बेइजिङमा फेरि लकडाउनका नियममा कडाइ थालिएको छ।

बेइजिङका कतिपय जिल्लामा विद्यालयहरू बन्द गरिएको छ। ठाउँ-ठाउँमा कडा सुरक्षा जाँच केन्द्र खडा गरिएको छ।

स्थानीय बासिन्दालाई कोरोना भाइरस परीक्षण गराउन निर्देशन दिइएको छ।

कोरोना भाइरसको दोस्रो लहर शुरु भएको त्रासमा देखिन्छन्, बेइजिङका बासिन्दा।

बीबीसीका अनुसार खेल र मनोरञ्जन केन्द्रहरू बन्द गरिएको छ। सुपर मार्केट र कार्यालयहरूमा तापमान जाँचको नियम फेरि लागू गरिएको छ।

कोरोना भाइरस संक्रमणको यो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट शुरु भएको हो।

उक्त मार्केटका महाप्रबन्धक र अन्य स्थानीय अधिकारीहरूलाई पदबाट बर्खास्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्