भारतमा एकै दिन ११ हजार पाँच सय संक्रमित थपिए
नयाँदिल्ली। भारतमा हिजो एकै दिन कोरोना भाइरसका ११ हजार पाँच सय दुई जना नयाँ संक्रमित थपिएका छन्।

भारतीय सञ्चार माध्यमहरूले पछिल्लो आँकडालाई ‘डरलाग्दो’ संज्ञा दिएका छन्।

लकडाउन खुकुलो बनाउँदै लगिँदा भारतमा कोरोना संक्रमण दिनानुदिन तीव्र गतिमा बढिरहेको छ।

पछिल्लो २४ घण्टाको आँकडासहित भारतमा कोरोना भाइरस संक्रमित संख्या तीन लाख ३२ हजार चार सय २४ पुगेको छ।

पछिल्लो २४ घण्टामा भारतमा तीन सय २५ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएका छन्। त्यससहित मृतक संख्या नौ हजार पाँच सय २० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्