क्वारेन्टाइनमै जन्मियो बच्चा
<p>बागलुङ। बागलुङको निसीखोला गाउँपालिकामा एक महिलाले क्वारेन्टाइनमै बच्चा जन्माएकी छन्।</p>
<p>निसीखोला गाउँपालिका-५, निसीस्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २१ वर्षीया महिलाले आज छोरालाई जन्म दिएको वडाध्यक्ष हर्कमान घर्तीले बताए।</p>
<p>ती महिला १२ दिनदेखि क्वारेन्टाइनमा छिन्।</p>
<p>सुत्केरीका श्रीमानसमेत क्वारेन्टाइनमा छन्। भारतको पञ्जावबाट आएका श्रीमानश्रीमतीकाे गत २९ जेठमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिए पनि रिपोर्ट आएको छैन। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
