काठमाडौं। वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ उपस्थित नभएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को आजका लागि तय गरिएको आपतकालीन समितिको बैठक स्थगित भएको छ।
टासी घलेलाई मानार्थ अध्यक्षमा पुर्नबहाली गर्नका लागि बोलाइएको आपतकालीन समितिको बैठक बस्न नसकेपछि एन्फाले भोलि, २ असारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
पछिल्लो समय एन्फा नेतृत्वसँग विमती राख्दै आएका वरिष्ठ उपाध्यक्ष नेम्वाङले स्वास्थ्यको कारण देखाउँदै बैठकमा उपस्थित हुन नसक्ने बताएका थिए। नेम्वाङ उपस्थित नभएपछि आपतकालीन समितिको निर्णयले वैधता नपाउने भएपछि एन्फाले अन्तिम समयमा बैठक स्थगित गरेको थियो।
एन्फा विधानअनुसार आपतकालीन समितिमा अध्यक्षसहित चार सदस्य रहने व्यवस्था छ। चारै जना सदस्यले छलफलमा भाग नलिए बैठकले बैधता नपाउने उल्लेख छ। विधानको यही बुँदालाई बुझेर नै वरिष्ठ उपाध्यक्ष नेम्वाङ अनुपस्थित भएका थिए।
आपतकालीन समितिको बैठकमा मानार्थ अध्यक्षमा घलेलाई नियुक्त गर्ने, भक्तपुर जिल्ला संघलाई कारवाही गर्ने, कोभिड–१९ महामारीको राहात वितरण तथा विविध विषय अजेण्डा तय गरिएको थियो।
नेम्वाङ उपस्थित नहुने भएपछि एन्फा नेतृत्वले कार्यसमितिमा बहुमतबाट पारित गर्ने रणनीतिका साथ भोलिका लागि कार्यसमिति बैठक बोलाइएको छ।
‘“वबरिष्ठ उपाध्य ज्यूले अस्वास्थताका कारण बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिनुभयो। विधानअनुसार चार उपाध्यक्षमध्ये एक जना अनुपस्थित भए पनि उक्त बैठकको मान्यता नहुने भएकाले आजको बैठक स्थगित गरिएको हो,’’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, “आपतकालीन समितिको बैठक नबसे पनि २४ घण्टाभित्र कार्यसमिति बैठक बोलाउन सक्ने प्रावधान छ। त्यसैले भोलिका लागि हामीले कार्यसमिती बैठक बोलाएका छौं। कार्यसमितिमाअब छलफल हुनेछ।’’
पछिल्ले समय एन्फा अध्यक्ष शेर्पा निरन्तर विवादमा तानिएका छन्। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा खेलमिलेमतोको विवादमा हिमालयन शेर्पा तानिएपछि शेर्पामाथि पनि औंला उठेको थियो। त्यसपछि ललितपुर जिल्ला फुटबल संघको अध्यक्षलाई गरेको कारबाही पनि विधिसम्मत नभएको भन्दै शेर्पामाथि पूर्वाग्रही बनेको आरोप लगेको थियो।
त्यस्तै, एक अनलाइनसँगको अन्तर्वार्तामा तराईको विषयमा दिएको अभिव्यक्तिबाट उनी झनै विवादमा फसेका थिए। उनले ‘तराईमा राष्ट्रियता नभएको’ भन्ने अभिव्यक्तिलाई लिएर संसदमा पनि कारवाहीको माग भएको थियो।
एकपछि अर्को विवादमा पर्नुका साथै आफ्नै नजिकका सहयात्रीहरू विस्तारै टाढिदै गएपछि कर्मा अप्ठ्यारोमा पर्दै गएका थिए। शक्ति सन्तुलन मिलाउन उनले यसअघि आफैंले कारबाही गरेका मानार्थ अध्यक्ष घलेलाई पुर्नबाहली गर्न लागेका हुन्।
" /> काठमाडौं। वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ उपस्थित नभएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को आजका लागि तय गरिएको आपतकालीन समितिको बैठक स्थगित भएको छ।टासी घलेलाई मानार्थ अध्यक्षमा पुर्नबहाली गर्नका लागि बोलाइएको आपतकालीन समितिको बैठक बस्न नसकेपछि एन्फाले भोलि, २ असारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

">